सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१

ओली र लिङ्देन अगाडि

4455
Shares
ओली र लिङ्देन अगाडि

भद्रपुर, २३ मंसिर (रासस) । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा झापाको पछिल्लो मत परिणामअनुसार वाम गठबन्धनले अग्रस्थान लिइरहेको छ । पछिल्लो मतगणनानुसार निर्वाचन क्षेत्र नं १ मा वाम गठबन्धनका सुरेन्द्रकुमार कार्कीले ११ हजार ४७ तथा नेपाली काँग्रेसका विश्वप्रकाश शर्माले १० हजार २६५ मत प्राप्त गर्नुभएको छ । निर्वाचन क्षेत्र नं २ मा वाम गठबन्धनका पवित्रा निरौला (खरेल)ले सात हजार ३०५ तथा काँग्रेसका उद्धव थापाले चार हजार ९६२ मत प्राप्त गर्नुभएको छ ।
क्षेत्र नं ३ मा नेकपा(एमाले) समर्थित राप्रपा महामन्त्री राजेन्द्र लिङ्देनले ११ हजार १५ तथा काँग्रेसका कृष्णप्रसाद सिटौलाले आठ हजार ५९ मत प्राप्त गर्नुभएको छ । क्षेत्र नं ४ मा वाम गठबन्धनका एलपी साँबाले १२ हजार ७४२ र काँग्रेसका देउकुमार थेवेले सात हजार ७७५ मत प्राप्त गर्नुभएको छ । क्षेत्र नं ५ मा वाम गठबन्धनका केपी शर्मा ओलीले १२ हजार ६८८ र काँग्रेसका डा खगेन्द्र अधिकारीले पाँच हजार ४७५ मत प्राप्त गर्नुभएको छ ।

4455
Shares

ट्रेन्डिङ