सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • नेपालको बहुप्रतिक्षित इपीएल टि—२० प्रतियोगिता आजबाट

नेपालको बहुप्रतिक्षित इपीएल टि—२० प्रतियोगिता आजबाट

4185
Shares
नेपालको बहुप्रतिक्षित इपीएल टि—२० प्रतियोगिता आजबाट

काठमाडौँ, पुस ३ । नेपालको बहुप्रतिक्षित इपीएल टि—२० प्रतियोगिता आजबाट सुरु हुँदैछ । प्रतियोगिताको दोस्रो संस्करण आजबाट सुरु हुनलागेको हो । उद्धघाटन खेलमा काठमाण्डौ किंस इलाभेन र ललितपुर प्याट्रियट्सले आपसमा प्रतिस्पर्धा गर्दैछन्। दुवै टोली सुरुवाती जित निकाल्ने दाउमा रहेका छन्।
श्रीलंकाका परवेज महारुफको कप्तानीमा काठमाण्डौ किंस इलाभेन मैदानमा उत्रदै छ भने ज्ञानेन्द्र मल्लको कप्तानीमा ललितपुर प्याट्रियट्स मैदानमा उत्रिने तयारी गरिरहेको छ। आज विहान ११ बजेबाट ललितपुर क्रिकेट मैदानमा यीदुई बिचको खेल हुनेछ। प्रतियोगितामा काठमाण्डौ किंस इलाभेन, ललितपुर प्याट्रियट्स, भैरहवा ग्याडियर्टस, बिराटनगर वायरियर्स, पोखरा राईनोज र चितवन टाइगर्स सहित ६ टिमले प्रतिस्पर्धा गर्नेछन्।

4185
Shares

ट्रेन्डिङ