सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • काभ्रेको फुटबललाई अझै लोकप्रिय बनाउन बीबीसी कप हुने

काभ्रेको फुटबललाई अझै लोकप्रिय बनाउन बीबीसी कप हुने

6325
Shares
काभ्रेको फुटबललाई अझै लोकप्रिय बनाउन बीबीसी कप हुने

काभ्रे । बनेपा ब्वाइज क्लब (बीबीसी) को आयोजनामा बीबीसी कप नाइन ‘ए’ साइड फुटबल प्रतियोगिता वैशाख २० गतेबाट सूरु हुने भएको छ । सिजीको उत्पादन नेपाल आइसको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगिताको उद्देश्य काभ्रेमा फुटबललाई अझै लोकप्रिय र स्थानीय खेलाडी उत्पादन गर्ने लक्ष्य रहेको क्लबका अध्यक्ष महेश कर्माचार्यले बताए ।

प्रतियोगितामा ३२ क्लबको सहभागिता रहने आयोजकको अनुमान गरिएको छ । बनेपा बहु प्राविधिक शिक्षालयको जेठ २ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले २ लाख तथा दोस्रो हुनेले १ लाख रुपैया रुपैयाँ पुरस्कार पाउनेछन् ।

सर्वात्कृष्ट गोलरक्षक, रक्षक, मिडफिल्ड, फरवार्ड, सर्वाधक गोलकर्ता र प्रशिक्षकले जनही ५ हजार पाउनेछन् । अनुशाषित टोलीले १० हजार रुपैया तथा हरेक खेलको म्यान अफ दी म्याचले जनही २ हजार पाउने आयोजकले जानकारी दिएको छ ।

6325
Shares

ट्रेन्डिङ