सबैको समाचार
बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • प्रेमिकाको घाँटी रेटी हत्या

प्रेमिकाको घाँटी रेटी हत्या

2970
Shares
प्रेमिकाको घाँटी रेटी हत्या

पाँचथर / हिलिहाङ गाउँपालिका-४, पञ्चमीमा आइतबार साँझ घाँटी रेटी हत्या गरिएकी शीतल योङहाङको हत्या उनकै प्रेमीले गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनामा संलग्न भएका फाल्गुनन्द गाउपालिका २ पात्लेभञ्ज्याङका अन्दाजी २० वर्षीय युवक भगिरथ बाँस्तोलालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनी फिदिम नगरपालिका २ को पल्लोटारबाट पक्राउ परेका हुन् । पक्राउ परेका बाँस्तोलाले आफू र शीतलको प्रेमीले उनको हत्या गरेको स्वीकार गरेका छन् । दुई जना मिलेर शीतलको हत्या गरेको, हत्यामा संलग्न एकजना पक्राउ परेको र घटनामा संलग्न अर्का एकजना फरार रहेको पाँचथरका प्रहरी निरीक्षक अनिलकुमार पौडेलले बताउनुभयो ।

घटनामा संलग्न भएका अन्दाजी २० वर्षीय पदम तामाङ फरार रहेकोले उनको खोजी कार्य भैरहेको प्रहरीले जानकारी दियो । फरार रहेका तामाङकै योजनामा शीतलको हत्या गरिएको पक्राउ परेका बाँस्तोलाले प्रहरीसमक्ष बयान दिएका छन् । फरार रहेका तामाङ र शीतलबीच विगत एक वर्षदेखि प्रेम सम्बन्ध रहेको र एक महिना यता प्रेम सम्बन्धमा खटपट आएको अनुसन्धानमा खुलेको छ । तामाङ र शीतलबीचको प्रेम सम्बन्धमा खटपट आएपछि तामाङको साथ लागेर आफू पनि शीतलको हत्या गर्ने उदेश्यले शीतलको गाउँ गएको पक्राउ परेका बाँस्तोलाले बयान दिएका छन् । वैशाख २४ गते घरबाट हत्या गर्न सितलको गाउँ पञ्चमी पुगेका उनीहरुले आइतबार साँझ शीतलको हत्या गरेर सडक छेउमा फालेका थिए ।

आइतबार बिहान १० बजे तामाङ र बाँस्तोलाले शीतललाई भेटेको र उनलाई बेलुका आफूहरुलाई भेट्न आग्रह गरेका थिए । विद्यालयबाट घर फर्किएपछि शीतल उनीहरुलाई भेट्न घर नजिकैको घरमा गएकी थिइन् । त्यस ठाँउमा शीतल आएपछि तामाङले शीतललाई बलात्कार गर्न खोजेको र उनी नमानेपछि पक्रेर घाँटी रेटेर मारेको बाँस्तोलाले प्रहरीमा बयान दिएका छन् । बाँस्तोलाले आफूले शीतललाई समातेको र तामाङले शीतलको घाँटी रेटेर हत्या गरेकाे बताएका छन् ।

2970
Shares

ट्रेन्डिङ