सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • एउटै खेलमा १३ गोल : विश्वकपमा अमेरिकाको कीर्तिमान

एउटै खेलमा १३ गोल : विश्वकपमा अमेरिकाको कीर्तिमान

3610
Shares
एउटै खेलमा १३ गोल : विश्वकपमा अमेरिकाको कीर्तिमान

अमेरिका महिला फुटबल टिमले विश्वकप इतिहासकै सबैभन्दा एक पक्षीय खेलको नतिजा निकालेको छ । एसियाली टिम थाइल्याण्डलाई १३ – ० को भारी अन्तरले हराउँदै अमेरिकाले विश्वकपमा कीर्तिमान बनाएको हो । पुरुष होस वा महिला विश्वकप, अहिलेसम्म कुनै पनि टिमले १३ गोल हान्न सकेका थिएन । अमेरिकालाई यो सफलता दिलाउनका लागि एलेक्स मोर्गानले पाँच गोल गरिन् ।

महिला फुटबल विश्व वरियताको शीर्ष स्थानमा रहेको अमेरिकाले दोस्रो हाफमा १० गोल गरेका थिए । समूह एफमा स्वीडेनले पनि पहिलो खेलमा जित निकालेको छ । यो जितले अमेरिकालाई गोल अन्तरमा ठूलो सहयोग पुगेको छ । स्वीडेनले चिलिलाई हराएको थियो । पहिलो हाफ गोलरहित बनेको खेलको अन्तिम १० मिनेटमा स्वीडेनले दुई गोल गरेको थियो । उसका लागि कोसोभारे अस्लानी र म्याडिलिन जानोगीले एक एक गोल गरे ।

3610
Shares

ट्रेन्डिङ