सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • जनैपूर्णीमाको अवसरमा गोसाईस्थानको मेलामा लाखौं श्रद्धालु भक्तजनहरुको घुईचो

जनैपूर्णीमाको अवसरमा गोसाईस्थानको मेलामा लाखौं श्रद्धालु भक्तजनहरुको घुईचो

17105
Shares
जनैपूर्णीमाको अवसरमा गोसाईस्थानको मेलामा लाखौं श्रद्धालु भक्तजनहरुको घुईचो

साउन / ३० / बनेपा / हरेक वर्षको जस्तै यस वर्ष पनी काभ्रेको बनेपा नगरपालिका वडा नं. ६ मा रहेको ऐतिहासिक तीर्थस्थल गोसाईस्थानमा हरेक वर्ष जनैपूर्णीमाको अवसरमा लाग्ने यो मेलामा श्रद्धालु भक्तजनहरुको घुईचो लागेको छ ।

ब्राम्हण समुदायले जनै र डोरो लगाउँछन् भने नेवार समुदायले अन्नपात चढाउने गर्दछन् । त्यसैगरी तामाङ समुदायले विभिन्न स्थानबाट आफ्नो घरपरिवार र इष्टमित्रहरुको साथमा झाँकी समेत प्रदर्शन गर्दै यस मेलालाई रोचक बनाएका छन् । मेला भर्नाका लागी विभिन्न सामााहरुको पसल तथा समितीले निशुल्क रुपमा सर्बत र पानीको पनी व्यवस्था गरेको छ । गोसाईस्थानको मेलामा काभ्रे लगाएत आसपासका विभिन्न जिल्ला बाट भक्तजनहरु दर्शन गर्न आउद छन् । मेलामा लाखैंको संख्यामा भक्तजनहरुको उपस्थिती रहने पनी गोसाइ स्थान संरक्षण समितिका अध्यक्ष भेषराज शाह ठकुरीले बताए ।


किंवदन्ती अनुसार देवता र दैत्यबीच समुन्द्र मन्थन गर्ने क्रममा काल्कुट वीष उत्पत्ति भइ सारा संसारका जीवजन्तुहरु ध्वस्त हुने भएपछि देवताहरुले भगवान शिवजीसँग प्रर्थना गर्दै पृथ्वी ध्वस्त हुनबाट जोगाउन आग्रह गरेका थिए । उक्त आग्रहपछि काल्कुट वीष भगवान शिवले सेवन गरी आफ्नो कण्ठमा राखेपछि औडाहा भएर छटपटिएका शिव हिमालय पर्वततर्फ जाने क्रममा त्रिशुलले जमिन रोपेर जल उत्पन्न गरी सोहि जलद्वारा शितलता प्राप्त गरेको कुरा समितिका अध्यक्ष भेषराज शाह ठकुरीले बताए ।

यसरी हिमालय पर्वतमा जाँदा टेकिएको एक पाइला यसै स्थानमा परेको जनविश्वास रहेको पनी ठकुरीले बताए । भगवान शिवजी यही बाटो भएर रसुवागढीतर्फ प्रस्थान गरेको स्थानीय बुढापाकाहरु बताउँछन् । स्वच्छ मनका साथ यस गोसाइस्थान पवित्र धाममा दर्शन गरे पश्चात मनमा शान्ति मिल्ने र चिताएको कुरा पुरा हुने आम भक्तजनहरुमा विश्वास रहिआएको छ ।

धार्मिक, साँस्कृतिक मात्र नभइ पर्यटकीय दृष्टिकोणले पनि गोसाईस्थान काभ्रे जिल्लाकै ऐतिहासिक स्थल हो । यहाँको उच्च भू–भागबाट दोलखा जिल्लाको गौरीशंकर हिमालदेखि काठमाण्डौ उपत्यका लगायत काभ्रेकै पाँचखाल उपत्यका, बनेपा, पनौती जस्ता उपत्यकाको राम्रोसँग दृश्यावलोकन गर्न सकिन्छ ।

जनैपूर्णीमाको दिन यो पवित्र तीर्थस्थलमा विभिन्न जाति, भाषा, धर्म, भेषभूषा र रहनसहन भएका समुदायका मानिसहरुले यस स्थलमा आफ्नो मनोकांक्षा पूरा हुने विश्वासका साथ सहभागी हुने गरेका छन् । गोसाइ स्थान संरक्षण समितिका अध्यक्ष भेषराज शाह ठकुरीले दर्शनार्थीहरुका लागि पूजा आराधना सहयोग पु¥याउन व्यापक स्वयमसेवक परिचालन गरेको पनी बताए ।

17105
Shares

ट्रेन्डिङ