सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै

हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै

4475
Shares
हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै

कैलालीमा यही चैत ५, ६ र ७ गते हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियान सञ्चालन गर्न लागिएको छ । अभियानअन्तर्गत दुई वर्ष उमेरमाथिका आठ लाख १८ हजार जनालाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन लागिएको जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल सुपरभाइजर हरिप्रसाद भट्टले बताउनुभयो ।
दुई वर्षमुनिका बालबालिका, गर्भवती तथा सातदिनभित्रको सुत्केरी, मुटु, श्वासप्रश्वास, मिर्गाैलाजस्ता दीर्घरोगीले भने उक्त औषधि खान नहुने बताइएको छ । यस्तै ७० वर्षमाथि व्यक्तिले आफ्नो स्वास्थ्य परीक्षण गराएर मात्र सो औषधि खानुपर्ने भट्टले बताउनुभयो ।
हात्तीपाइले रोग लागेमा हातखुट्टा र ग्रन्थी सुन्निने, स्तनमा गिर्खा देखिनेलगायत समस्या देखिने र समयमै उपचार हुन नसकेमा मानिसमा अपाङ्गता हुने गर्दछ । अभियान सञ्चालनका लागि जिल्लाभरि एक हजार ७९७ स्वास्थ्यकर्मी परिचालन गर्न लागिएको कार्यालयले जनाएको छ ।
“जान्ने बुझ्नेले पनि औषधि नखाइदिँदा रोगको पूर्ण रोकथाममा समस्या देखिएको छ,” भट्टले भन्नुभयो । जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा हाइड्रोसिल भएका ९८४, खुट्टा सुन्निएका १८३ र स्तन सुन्निएका ४० जना देखा परेका छन् ।
सेती अञ्चल अस्पताल र टीकापुर अस्पतालले हाइड्रोसिल भएका बिरामीको निःशुल्क उपचार गर्दै आएको छ । रासस

4475
Shares

ट्रेन्डिङ