सप्तरी , मंसिर , २५ , एक महिलामाथि बलात्कार गर्न खोजेको आरोपमा सप्तरीको शम्भुनाथ नगरपालिकाका वडाध्यक्ष पक्राउ परेका छन् ।
वडा नम्बर–१२ का वडाध्यक्ष लक्ष्मी साहलाई विशेष प्रहरीको टोलीले आज बिहान (बुधबार) पक्राउ गरेको हो । स्थानीय एक महिलाले आफुलाई जबरजस्ती करणीको प्रयास गरेको भन्दै साहविरुद्ध उजुरी दिएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाइँले बताउनुभयो ।
साहलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय राजविराजमा राखिएको छ