सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • कम्प्युटर अपरेटर ७० हजार घुससहित पक्राउ

कम्प्युटर अपरेटर ७० हजार घुससहित पक्राउ

5150
Shares
कम्प्युटर अपरेटर ७० हजार घुससहित पक्राउ

काठमाडौं , पुष , १० , अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घरेलु तथा साना उद्योग कार्यालय मलङ्गवा, सर्लाहीमा कार्यरत कम्प्युटर अपरेटर नवीनकुमार सिंहलाई बुधबार ७० हजार घुससहित नियन्त्रणमा लिएको छ ।

उद्योग दर्ता गर्न सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा आयोगबाट खटिइएको टोलीले निजलाई घुस रकमसहित सोही कार्यालयबाट नियन्त्रणमा लिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

यस्तै आयोगले पशुसेवा विभाग हरिहरभवनका लेखा अधिकृत रमेश कार्कीलाई सेवाग्राहीसँग आठ हजार ५०० घुस लिँदालिँदै कार्यालय परिसरबाट नियन्त्रणबाट लिएको छ । निजले कार्यालयसँग सम्बन्धित सूचना/विज्ञापन पत्रिकामा प्रकाशित गरिदिएपश्चात भुक्तानी दिएको रकमबाट सेवाग्राहीसँग घुस लिएका आयोगले जनाएको छ ।

आयोगले जिल्ला अदालत रुपन्देहीमा कार्यरत नायब सुब्बा बुद्धिप्रकाश न्यौपाने र लेखापाल विनोद शर्मालाई सेवाग्राहीसँग लिएको दुई हजार घुससहित नियन्त्रणमा लिएको छ । उनीहरुले धरौटी रकम फिर्ता दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएको आयोगले जनाएको छ ।

5150
Shares

ट्रेन्डिङ