सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • लकडाउनमा सामुदायिक साकोस निरन्तर सदस्य सेवामा,स्थानीय तहहरुलाई राहत हस्तान्तरण

लकडाउनमा सामुदायिक साकोस निरन्तर सदस्य सेवामा,स्थानीय तहहरुलाई राहत हस्तान्तरण

5805
Shares
लकडाउनमा  सामुदायिक साकोस निरन्तर सदस्य सेवामा,स्थानीय तहहरुलाई राहत हस्तान्तरण

काभ्रे : पनौतीमा रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि ले सार्वजनिक विदाहरुमा बाहेक विहान १०ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म कार्यालयलाई सञ्चालनमा ल्याएको छ । विश्वभर तिब्र गतिमा फैलिरहेको कोरोना भाईरस (कोभिड १९) का कारण नेपाल सरकारले लकडाउनको निर्णय गरेसँगै संस्थाले सदस्यहरुलाई अत्यावश्यक वित्तीय सेवा सुचारु गरेको छ ।

संस्थाले प्रत्येक कार्यालयमार्फत सम्पर्क ब्यक्ति तोकी आंशिक रुपमा सेवा प्रदान गर्दै आएकोमा शेयर सदस्यहरुको माग र आवश्यकतालाई मध्यनजर गरी अत्यावश्यक सामाग्रीहरु खरिद एवं अन्य प्रयोजनका लागि रकमको ब्यवस्था गर्न सहज बनाउन र बचत तथा ऋणको कारोबारलाई ब्यवस्थित बनाउने उदेश्यका साथ संस्थाले मुख्य कार्यालय तथा सबै सेवाकेन्द्रहरु २०७६ चैत्र २७ गतेदेखि सार्वजनिक विदाहरुमा बाहेक विहान १०ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म खुल्ला रहने जानकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत मदन बस्नेतले गराउनु भयो ।

संस्थाले सदस्यहरुलाई सेवा उपलब्ध गराउने क्रममा डिजिटल सर्भिस दिने कार्यलाई सहजता बनाउँदै संस्थाको मोवाईल बैंकिङ सेवा लिन चाहने सदस्यहरुलाई नजिकको कार्यालयमा सम्पर्क गरी मोवाईलबाटै सहयोग लिन र आफ्नो सेवा शुभारम्भ गर्न सकिने ब्यवस्था समेत गरेको छ ।

स्थानीय सरकारलाई राहत हस्तान्तरण
कारोबार सञ्चालन मात्र नभई लक डाउनका कारण दैनिक ज्याला मजदुरी गरी छाक टार्नुपर्ने वर्गलाई लक्षित गरी संस्थाले राहत वितरण पनि गरेको छ । स्थानीय तहहरुले राहत वितरण गरिरहेको अवस्थामा संस्थाले पनौती नगरपालिकालाई २९४ लिटर खाने शुद्ध तोरीको तेल, नमोबुद्ध नगरपालिका, पाँचखाल नगरपालिका र रोशी गाउँपालिकालाई २१ बोरा (५२५ किलो) को दरले चामल खाद्यान्न सामाग्री राहत स्वरुप वितरण गरेको छ ।

पालिकाहरुलाई स्थानीय तहमै गई संस्थाका अध्यक्ष प्रकाश बन्जाराले स्थानीय तहका प्रमुख एवं अध्यक्षहरुलाई हस्तान्तरण गर्नु भएको हो । यसैगरी सामुदायिक वचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो सेवाकेन्द्रहरु रहेको स्थानीय तहहरुलाई राहत सामाग्री वितरण गर्नका लागि खाद्यान्न वा नगद सहयोग गर्ने अध्यक्ष प्रकाश बन्जाराले जानकारी गराउनु भयो ।

5805
Shares

ट्रेन्डिङ