सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • यी हुन् विश्वमा सबैभन्दा धेरै बिक्ने ५ स्मार्टफोन

यी हुन् विश्वमा सबैभन्दा धेरै बिक्ने ५ स्मार्टफोन

2695
Shares
यी हुन् विश्वमा सबैभन्दा धेरै बिक्ने ५ स्मार्टफोन

विश्वमा सबैभन्दा लोकप्रिय टप फाइभ स्मार्टफोन कुन कुन होलान् ? अनुसन्धान संस्था स्ट्राटेजी एनालिटिक्स स्मार्टफोन मोडल ट्रयाकर (एसएमटी) ले विश्वमा हाल सबैभन्दा धेरै लोकप्रिय स्मार्टफोनको सूचि सार्वजनिक गरेको छ । मार्केट शेयर तथा बिक्रिको आधारमा सन् २०१७ को पहिलो त्रैमासिकमा लोकप्रियताको शीर्ष पाँच स्थानमा रहन सफल स्मार्टफोन यी हुन्:
१. एप्पल आइफोन सेभेन: एप्पलको फ्लागसीप स्मार्टफोन आइफोन सेभेन विश्वको सबैभन्दा लोकप्रिय स्मार्टफोनको पहिलो नम्बरमा पर्न सफल भएको छ । सन् २०१७ को पहिलो त्रैमासिकमा यो स्मार्टफोन विश्वमा अन्य स्मार्टफोनको तुलनामा सबैभन्दा धेरै बिक्रि भयो । यो अवधिमा विश्वभर गरी आइफोन सेभेन २ करोड १५ लाख गोटा बिकेको छ । विश्वको स्मार्टफोन बजारमा यस अवधिमा आइफोन सेभेनको बजार हिस्सा ६ प्रतिशत रहेको छ ।
२. आइफोन सेभेन प्लस: दोश्रो नम्बरमा पनि एप्पलकै अर्को फ्लागसीप स्मार्टफोन आइफोन सेभेन प्लस रहेको छ । आइफोन सेभेनको ठूलो स्क्रिनवाला भेरिएन्टको रुपमा रहेको सेभेन प्लस सन् २०१७ को पहिलो त्रैमासिकमा १ करोड ७४ लाख गोटा बिकेको छ । यो फोनको बजार हिस्सा ५ प्रतिशत रहेको छ ।
३. ओप्पो आर नाइन एस चिनिया कम्पनी ओप्पोले विश्व स्मार्टफोन बजारमा फड्को मारेको छ । फलतः यो विश्वको तेश्रो सबैभन्दा लोकप्रिय स्मार्टफोन बन्न सफल भएको छ । ओप्पोको आर नाइन एस स्मार्टफोनले यो किर्तिमान राखेको हो । यस अवधिमा ओप्पोको यो मोडेल ८९ लाख गोटा बिक्रि भएको छ ।
४. सामसुङ ग्यालेक्सी जे थ्री (२०१६) : सामसुङको ग्यालेक्सी जे थ्री विश्वको चौथो सबैभन्दा लोकप्रिय स्मार्टफोनको रुपमा रहेको छ । सन् २०१७ को पहिलो त्रैमासिकमा यो स्मार्टफोन ६१ लाख गोटा बिकेको छ । विश्व बजारमा यसको बजार हस्सिा १.७ प्रतिशत रहेको छ ।
५. सामसुङ ग्यालेक्सी जे फाइभ (२०१६) : विश्व स्मार्टफोन बजारमा लोकप्रियताको पाचौँ नम्बरमा रहेको छ ग्यालेक्सी जे फाइभ । यो स्मार्टफोन सन् २०१७ को पहिलो त्रैमासिकमा ५० लाख प्रति बिकेको छ ।
एजेन्सी

2695
Shares

ट्रेन्डिङ