सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • रसुवामा २० जनाको आरडीटी परीक्षण, सबैको रिपोर्ट ‘नेगेटिभ’

रसुवामा २० जनाको आरडीटी परीक्षण, सबैको रिपोर्ट ‘नेगेटिभ’

4725
Shares
रसुवामा २० जनाको आरडीटी परीक्षण, सबैको रिपोर्ट ‘नेगेटिभ’

रसुवा / रसुवामा तीन दिनमा २० जनाको र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना परीक्षण गरिएको छ । परीक्षण गरिएका सबैको रिर्पोट नेगेटिभ आएको छ । गएको आइतबारदेखि दुई वटा अस्पतालबाट आरडीटी परीक्षण सुरु भएको थियो । रसुवा अस्पतालमा चार र जीवजीवे ग्रामीण अस्पतालमा १६ जनामा परीक्षण गरिएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताउनुभयो ।

जीवजीवे ग्रामीण अस्पतालका हेल्थ असिस्टेन्ट उत्सव पौडेलका अनुसार परीक्षण गर्ने क्रम चलिरहेको छ । परीक्षण गरिएका सबै विदेशबाट फर्किएका व्यक्तिहरु हुन् । गएको चैत १ गतेदेखि २३ जना व्यक्ति विदेशबाट आएको देखिएको कोभिड सूचना केन्द्र रसुवाले जनाएको छ ।

4725
Shares

ट्रेन्डिङ