सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • “तत्काल सुरक्षा कर्मी खटाउ लिपुलेकमा “पहिला नेपाल बचाउ पछि राजनिती गरौला

“तत्काल सुरक्षा कर्मी खटाउ लिपुलेकमा “पहिला नेपाल बचाउ पछि राजनिती गरौला

6710
Shares
“तत्काल सुरक्षा कर्मी खटाउ लिपुलेकमा “पहिला नेपाल बचाउ पछि राजनिती गरौला

बैशाख २९, काठमाडौ / काभ्रेलि कलकार समाजका नि बर्तमान अध्यक्ष, मोडल , निर्देशक सबिन गौतमले नेपालको लिपुलेक हो भने तत्काल नेपाल को सिमामा लिपुलेकमा तत्काल सुरक्षाकर्मि खटाउन हार्दिक अपिल गरेका छन्न । सिमा रक्षाका लागि अपिल गर्दै कलाकार गौतमले लिपुलेकमा सक्दो चाडो सुरक्षाकर्मी साथै देश प्रेमी हरुलाइ एक जुट बनाइ सिमाको लागि मिलेर लड्न अपिल गरेका छन ।

कलाकार गौतमले यस्तो भनेका छ्न , आदरणीय नेपाली देश भक्त हरु हाम्रो देश नेपाल को सिमाहरु बारम्बार मिच्दै आएको छिमेकि भारतले पुर्वमहाकाली नेपाली भु -भाग रहने सुगौली सन्धिबिपरित भारतिय सत्ताले लिपुलेक छेत्रमा धेरै अगाडी देखि गरेको आक्रमन साथै केही महिना समय देखि नेपाली भुभाग मा बनाएको बाटो अहिले आएर उद्घाटन गरेर भारतले आफ्नो हेपाहा प्रवृती निरन्तर्ता दिएकोमा नेपाल सरकारले पररास्ट्रमन्त्रालय मार्फत आपत्ति जनाएको छ भने हरेक राजनिती पार्टिले पनि यो शब्दमा बिरोध गरेको पाइन्छ ।

सरकार लाई मेरो मात्र होइन हाम्रो आग्रह छ तत्काल नेपालको सिमा क्षेत्रमा हाम्रो सुरक्षाकर्मि साथै देश प्रेमीहरु लाई त्यहा लगौ र नेपाल को जमिन रक्षा गरौ । यो मौका हामिले गुम्न दिनु हुन्न किनकी हामी सबैले एकै ठाउमा उभियर एकिकृत पहलको गर्ने जरुरी छ । यो बेला स्वाभिमानको रक्षाको लागि एक जुट बन्नु पर्ने बेला आएको छ अरु बिसयमा हजुरहरु पछि राजनिती गर्नुहोला देशको स्वाभिमान दुखेको बेला हामी सबैलाइ दुखाई महसुस हुनुपर्छ हामी एक हुन जरुरी छ र सम्पुर्ण राजनितिक दलहरु लाई र जनताहरुलाई एकजुट भएर मिचाहा र हेपाहा प्रबृत्ति का विरुद्ध उत्रन हार्दिक अपिल गरेका छन् ।

6710
Shares

ट्रेन्डिङ