सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • बोबी’प्रिमियरका लागि एक्साईटेड' – कविता गुरुङ

बोबी’प्रिमियरका लागि एक्साईटेड' – कविता गुरुङ

6250
Shares
बोबी’प्रिमियरका लागि एक्साईटेड' – कविता गुरुङ

र्वेमा बस्दै आएका थापा दम्पती उमेश र कविताको वास्तविक प्रेमकथामा आधारित फिल्म ‘बोबी’को नर्वे प्रिमियर हुने भएको छ । इन्जीनियर उमेश र होटल म्यानेजर कविता कै अभिनयमा बनेको यस फिल्मलाई आगामी मे १० मा नर्वेको मल्टिप्लेक्समा देखाईने भएको हो ।
मिलन चाम्स निर्देशित यस फिल्मलाई स्क्यान्याण्डवियाको नोर्डिक्स फिल्म वितरण कम्पनिले नर्वेमा देखाउने छ । फिल्मको मुख्य पात्र कविताले नर्वे प्रिमियरका लागि आफु एकदमै उत्साहित रहेको बताईन् । उनले ‘म त एकदमै एक्साईटेड छु, नर्वेमा बस्ने दर्शकले मेरो अभिनय मन पराउनु, नापराउनु उनिहरुको चोइस हो । तर, जो संग पनि म कुरा गर्छु सबैजनाले भन्छन् हामी भन्दा नर्वेमा बस्नेहरु धेरै एक्साईटेड छन्’ भनिन् ।
संचारकर्मी नरेश भट्टराईले लेखेको यस फिल्ममा कविता गुरुङ, उमेश थापा, विजय लामा, रुवी राना शाह (मिस नेपाल), रवी गिरी, सुरवीर पण्डित, पुर्णिमा लामा, बादल भट्ट, रश्मि भट्ट, देशभक्त खनाल लगायतका कलाकारको अभिनय छ ।
चाम्स इन्टरटेनमेन्ट र लण्डन आई इन्टरटेनमेन्टको व्यानरमा निर्मित फिल्ममा ताराप्रकाश लिम्बुको संगीत, नवराजकृष्णको छायाँकन र अर्जुन जिसीको सम्पादन छ ।
-एन पि ३ पेज न्युज बाट

6250
Shares

ट्रेन्डिङ