सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • भारतबाट फर्कनेहरू चढेको बस दुर्घटना: ११ जनाको मृत्यु, २१ घाइते

भारतबाट फर्कनेहरू चढेको बस दुर्घटना: ११ जनाको मृत्यु, २१ घाइते

7475
Shares
भारतबाट फर्कनेहरू चढेको बस दुर्घटना: ११ जनाको मृत्यु, २१ घाइते

बाँके: भारतबाट फर्केकाहरुलाई लिएर बाँकेको नेपालगञ्जबाट दाङ आउँदै गरेको यात्रुबाहक हाइस बस दुर्घटना हुदा ११ जनामो मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी–२ स्थित श्री जंगलमा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको प्रदेश प्रहरी प्रवक्ता एसएसपी राजकुमार बैदवारले जानकारी दिए । दुर्घटनास्थल अगैया देखि १३ किलोमिटर पश्चिममा पर्छ।

नेपालगञ्जबाट दाङ हुँदै सलयान जानलागेको गरेको ना ५ ख ५९९५ नम्बरको हाइस गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा दुर्घटना भएको एसएसपी बैदवारले बताए। उनका अनुसार ११ जनाको घटनास्थलमै मृत्यु भएको हो।

मृत्यु हुनेहरुको पहिचान हुन सकेको छैन । दुर्घटनामा परी २१ जना घाइते भएका छन् । घाइतेको नेपालगन्ज उपचार भइरहेको छ । गाडीमा चालकसहित ३३ जना रहेको खुलेको छ । ६ जनाको अवस्था गम्भीर रहेको प्रवक्ता बैदवारले बताए।

7475
Shares

ट्रेन्डिङ