सबैको समाचार
शनिबार, भदौ २७, २०८३
  • होमपेज
  • एकैदिन थपिए २२६ जना कोरोना संक्रमित

एकैदिन थपिए २२६ जना कोरोना संक्रमित

संक्रमितको संख्या १७ सय ९८ पुग्यो

6245
Shares
एकैदिन थपिए २२६ जना कोरोना संक्रमित

काठमाडौं, जेठ १८: नेपालमा पछिल्लो २४ घन्टामा २२६ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। यो वृद्धि अहिलेसम्मकै बढी हो। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार सोमबार २२६ कोरोना संक्रमित थपिएका हुन्।

झापाका २, नवलपरासीका ३, दैलेखका ४१, जुम्लाका १९, सल्यानका १०, सुर्खेतका ५, कपिलवस्तुका ४०, रौतहटका १८, बाँकेका ७, दाङका ९, धनुषाका ७, महोत्तरीका २, मकवानपुरका १, सर्लाहीका ३८, सिरहाका ५, उदयपुरका १, अछामका १, कैलालीका १४, बैतडीका १, डोटीका १, कञ्चनपुरका १ जनामा कोरोना पुष्टि भएको देवकोटाले जानकारी दिए।

योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १७९८ पुगेको छ। तीमध्ये २२१ जना उपचारपछि घर गएका छन् ८ जनाको मृत्यु भएको छ। पछिल्लो समय भारतबाट ठूलो संख्यामा नेपाली भित्रिएसँगै कोरोनाभाइरसका संक्रमित पनि बढेका हुन्।

6245
Shares

ट्रेन्डिङ