सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • डाक्टर कुटेको विरोधमा धुलिखेल अस्पतालका चिकित्सिक सडकमा

डाक्टर कुटेको विरोधमा धुलिखेल अस्पतालका चिकित्सिक सडकमा

6690
Shares
डाक्टर कुटेको विरोधमा धुलिखेल अस्पतालका चिकित्सिक सडकमा

धुलिखेल: डाक्टर माथि हुने कुटपिट बन्द गर्न माग गर्दै धुलिखेल अस्पतालका चिकित्सकहरुले विरोध गरेको छ । उनीहरुले विहान पुरानो बसपार्कमा भेला भएर कुटपिट गर्ने विरुद्ध कडा कारबाहीको माग गरेका हुन् । जोरपाटीस्थित नेपाल मेडिकल कलेजका डाक्टर माथि भएको हातपातको विरोधमा धुलिखेलमा प्रदर्शन गरिएको हो ।

जेठ १४ गते जोरपाटी स्थित नेपाल मेडिकल कलेजमा उपचारका क्रममा बिरामीको मृत्युपछि आफन्तले उपचारमा संलग्न चिकित्सक माथि हातपात गरेका थिए । घटनामा संलग्न दोषीको पहिचान गरी तत्काल कारवाही प्रक्रिया अगाडि बढाउनु उनीहरुले माग गरेका छन् । सो आन्दोलनको देशभरका चिकित्सकहरुले समर्थन गरेका छन् ।

6690
Shares

ट्रेन्डिङ