सबैको समाचार
बुधबार, असार ३१, २०८३
  • होमपेज
  • अनलाइन कक्षामा समावेश हुन नपाउँदा छात्राद्वारा आत्महत्या

अनलाइन कक्षामा समावेश हुन नपाउँदा छात्राद्वारा आत्महत्या

9200
Shares
अनलाइन कक्षामा समावेश हुन नपाउँदा छात्राद्वारा आत्महत्या

कोभिड–१९ संकटका कारण नेपाललगायत भारतका विद्यालय तथा शैक्षिक संस्थामा अनलाइन कक्षा सुरु भएको छ । यस्तै अनलाइन कक्षामा समावेश हुन नपाएका कारण भारतको केरलमा १४ वर्षकी एक छात्राले कथित रुपमा आत्महत्या गरेकी छिन् ।

आत्महत्या गर्ने छात्रा केरलको गभरमेन्ट हायर सेकेन्डरी स्कूलकी छात्रा थिन् । दलित कोलोनीको आफ्नो घरभन्दा २ सय मिटर पर छात्राले कथित रुपमा आफूमाथि आगो लगाइन् ।

स्कूका एक शिक्षक श्रीकान्त पेरुमपेराविलले बीबीसी हिन्दीसँग भने, ‘उनी ८ कक्षाकी निकै मिहिनेती छात्रा थिइन् । उनलाई ९ कक्षामा प्रोमोट गरिएको थियो । हामीले छात्रा र उनका आमा–बुवालाई अनलाइन क्लासको ट्रायल ७ दिनसम्म चल्ने बताएका थियौं । यसैबीच यस्तो दुर्घटना भयो ।’

छात्राका पिताले अन्य भारतीय मिडियासँगको कुराकानीमा आफू दैनिक ज्यालादारी मजदुर भएकोले लकडाउनका कारण आफ्नो टिभी सेट बनाउन नसकेको बताएका छन् ।यतिमात्रै होइन, यो परिवारका कोही पनि सदस्यसँग स्मार्टफोन छैन तसर्थ अनलाइन कक्षाका लागि समस्या थियो । केरलमा अनलाइन कक्षा सरकारद्वारा सञ्चालित एजुकेशन च्यानल विक्टर्स च्यानलमा हेर्न सकिन्छ ।

छात्राका पिताले स्थानीय मिडियासँग भने, ‘अनलाइन कक्षामा सरिक हुन नपाउँदा उनी अत्यधिक चिन्तित थिइन् । मैले उनलाई शिक्षकले केही न केही विकल्प त निकाल्छन् भनेर सम्झाएको थिएँ ।’
स्रोतः बीबीसी

9200
Shares

ट्रेन्डिङ