सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • कोरोनाले थप दुई जनाको मृत्यु : मृतकको संख्या १३ पुग्यो

कोरोनाले थप दुई जनाको मृत्यु : मृतकको संख्या १३ पुग्यो

4510
Shares
कोरोनाले थप दुई जनाको मृत्यु : मृतकको संख्या १३ पुग्यो

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड–१९) का कारण मृत्यु हुनेको संख्या १३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार शनिबार मात्र दुई जनाको कोरोनाकै कारण मृत्यु भएको पुष्टि भएको हो। यसअघि नेपालमा कोरोनाकै कारण ११ जनाको मृत्यु भइसकेको छ।

शनिबार दुई जना मृतकको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो। डोल्पाको जगदुल्ला गाँउपालिका–३ एक ५८ वर्षीय पुरुषको जेठ २१ गते दिउँसो २ बजे मृत्यु भएको हो। उनी दमको रोगी रहेको र उनको स्वाब कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको हो।

होम आइसोलेसनमै रहेका उनको जेठ २० गते मृत्यु भएको हो । मृत्युपछि उनको स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठनमा पीसीआर परीक्षणका लागि पठाइएको थियो। शनिबार आएको उनको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो । सुरक्षाका उपाय अपनाई उनको दाहसंस्कार गरिएकाले गाँउपालिकाका सबै नाका सिल गरिएको छ । उनीसँगै १२ जना अन्य नागरिक पनि जगदुल्लामा आएका थिए। उनीहरु हाल क्वारेन्टाइनमा छन्।

त्यसैगरी धनगढीको सेती अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा अर्की एक मृतक ५५ वर्षीय महिलाको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ। उनी मिर्गौला रोगसँग लडिरहेकी थिइन्। उनको डायलासिसकै क्रममा जेठ २३ गते दिउँसो १२ बजे मृत्यु भएको थियो। त्यसपछि स्वाब लिएर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको हो। उनमा कोरोनाको कुनै लक्षण नभएको प्रवक्ता देवकोटाले जानकारी दिए।

4510
Shares

ट्रेन्डिङ