सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • आजदेखि देशभरका मालपोत कार्यालय खुल्ने

आजदेखि देशभरका मालपोत कार्यालय खुल्ने

6335
Shares
आजदेखि देशभरका मालपोत कार्यालय खुल्ने

काठमाडौं, २५ जेठ : सरकारले आजदेखि देशभरका सबै मालपोत कार्यालय खोल्ने भएको छ । लकडाउन शुरु भएपछि बन्द गरिएका मालपोत कार्यालय पुनःसञ्चालनमा ल्याउने तयारीका साथ भूमिसुधार तथा व्यवस्थापन विभागले मातहतका सबै कार्यालयलाई आजदेखि सञ्चालनमा ल्याउन निर्देशन दिएको हो ।

बन्दाबन्दीका कारण पछिल्लो समय देशभरका भूमिसुधार तथा मालपोत कार्यालयबाट प्रदान गरिने सेवा अवरुद्ध भएको थियो । पछिल्लो समयमा सरोकारवाला निकाय र सेवाग्राहीको न्यूनतम तथा आवश्यक सेवा सञ्चालन गर्न माग भई आएको थियो ।

सोही मागअनुसार आजदेखि कार्यालय प्रमुखले अनिवार्यरुपमा कार्यालयमा उपस्थित भई अन्य कर्मचारीलाई पनि उपस्थित गराई स्वास्थ्य सुरक्षा सतर्कता अपनाइ सेवा सञ्चालनमा ल्याउन विभागले भनेको छ ।

6335
Shares

ट्रेन्डिङ