सबैको समाचार
मङ्लबार, असार ३०, २०८३
  • होमपेज
  • कालीकोटमा टिपर दुर्घटना अपडेट: २ को मृत्यु, ६ बेपत्ता

कालीकोटमा टिपर दुर्घटना अपडेट: २ को मृत्यु, ६ बेपत्ता

6915
Shares
कालीकोटमा टिपर दुर्घटना अपडेट:   २ को मृत्यु, ६ बेपत्ता

सुर्खेत : कालिकोटको रास्कोटतर्फ जाँदै गरेको टिपर कर्णाली नदीमा खस्दा दुई जनाको मृत्यु भएको छ। कर्णाली प्रदेशका आन्तरिक मामिलामन्त्री नरेश भण्डारीलाई प्रहरीले दिएको जानकारी अनुसार ४ जना घाइते भएका छन् जसमध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ।

जम्मा ३९ जना गएकोमा १७ जना दुर्घटनाअघि नै टिपरबाट झरेको र १० जनाको उद्दार गरिएको मन्त्री भण्डारीले जानकारी दिए। उनका अनुसार ६ जना बेपत्ता भएका छन्। यसैबीच, घाइतेहरुको उद्दारको लागि हेलिकप्टर पठाउने तयारी गरिएको छ।

मन्त्री भण्डारीले घाइतेहरुको उद्दारका लागि हेलिकप्टर पठाउन लागिएको जानकारी दिए। रास्कोट नगरपालिकाका प्रमुख काशिचन्द्र बरालले अहिलेसम्म २ जनाको मृत्यु भएको पुष्टि भएको जानकारी दिए। उनले भने, ‘म अहिले पनि बाटोमा नै छु, घटनास्थलमा पुग्दै छु। बाँकी विवरण त्यहाँ पुगेपछि थाहा होला।’ भारतबाट फर्किएका रास्कोट नगरपालिकाका नागरिक बोकेको ना८ख ५१३३ नम्बरको टिपर बुधबार बिहान कर्णालीमा खसेको हो।

6915
Shares

ट्रेन्डिङ