सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • डाक्टर र अहेब चोरी आरोपमा पक्राउ, २१ लाख पर्ने उपकरणका पार्टपूर्जा चोरी

डाक्टर र अहेब चोरी आरोपमा पक्राउ, २१ लाख पर्ने उपकरणका पार्टपूर्जा चोरी

5445
Shares
डाक्टर र अहेब चोरी आरोपमा पक्राउ, २१ लाख पर्ने उपकरणका पार्टपूर्जा चोरी

काठमाडौं : एक अस्पतालमा कार्यरत डाक्टर र अहेब चोरीमा संलग्न रहेको भेटिएको छ। महानगरीय प्रहरी परिसर ललितपुरले चोरीमा संलग्न रहेको आरोपमा एक डाक्टरलाई पक्राउ गरेको छ।

घटना गत १७ गतेको हो। ललितपुरको लगनखेलस्थित पाटन अस्पतालको आइसियू कक्षमा बिहान ८ बजेर ३३ मिनेट जाँदा दुई व्यक्ति भित्र छिरे। अस्पतालका सुरक्षाकर्मीलाई पोर्टेवल अल्ट्रासाउन्ड मेसिन मर्मत कम्पनीबाट आएको उनीहरुले बताएका थिए । त्यसपछि परिचय दिएपछि उनीहरु सहजै आइसियु कक्षमा पुगे।

आइसियू कक्षको वार्डमा रहेका स्वाथ्यकर्मी बिरामीको उपचारमा व्यस्त थिए। त्यही मौकामा उनीहरु दुई जनाले आइसियू वार्डमा रहेको २० लाख ७९ हजार ८ सय ७ रुपैयाँमा खरिद गरेको अल्ट्रासाउन्ड मेसिन बनाउन खोजेको जस्तो गरे।

त्यसको केही मिनेटमा उक्त मेसिनका महत्वपूर्ण सामानहरु लिएर ती दुई व्यक्ति पाटन अस्पतालबाट बाहिरिए । पछि अल्ट्रासाउन्ड गर्ने बेलामा मेसिनका महत्वपूर्ण पार्टपूर्जा नै नभएको पाइयो ।

पाटपूर्जा हराएपछि अस्पताल प्रशासनले महानगरीय प्रहरी परिसर ललितपुरमा उजुरी दियो । उक्त उजुरीको आधारमा अनुसन्धान थालेको प्रहरीले अस्पतालको सिसी टिभी फुटेजको माध्यमबाट चोरको पहिचान गरी पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सर्लाहीको बलरा नगरपालिका १ घर भई काठमाडौं बस्दै आएका ३६ वर्षीय प्रवीन मिश्र र महोत्तरीको बर्दिबास नगरपालिका १३ बस्ने २० वर्षीय रमेश कुमार शर्मा छन् । मिश्र एमबिबिएस डाक्टर रहेको ललितपुरका एसएसपी टेकप्रसाद राईले जानकारी दिए । शर्मा भने अहेब हुन् । उनीहरु दुबैजना बर्दिबासस्थित डि एण्ड बी अस्पताल कार्यरत रहेको एसएसपी राईले जानकारी दिए।

उनीहरुलाई ललितपुर प्रहरीले आज काठमाडौं नयाँबानेश्वरबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत ललितपुरबाट चोरीको कसुरमा ५ दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरिएको हो। उनीहरुले चोरी गरेको उक्त मेसिनका पार्टपूर्जाहरु नयाँबानेश्वरस्थित मिश्रको डेरामा लुकाएर राखेको अवस्थामा प्रहरीले बरामद गरेको छ ।

5445
Shares

ट्रेन्डिङ