सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • कोरोना सङ्क्रमित माथी लाठी चार्ज, ४ घाइते

कोरोना सङ्क्रमित माथी लाठी चार्ज, ४ घाइते

5220
Shares
कोरोना सङ्क्रमित माथी लाठी चार्ज, ४ घाइते

दैलेख : कोरोना सङ्क्रमितसँग भएको विवादमा प्रहरीले गरेको लाठी चार्जमा त्रिभुवन मावि दैलेख बजार आइसोलेशनका चार जना सङ्क्रमित घाइते भएका छन् । आइसोलेशनमा बसेकाहरुले दोस्राे रिपोर्ट आउन ढिला गरिएको भन्दै विवादमा जनप्रतिनिधि र आइसोलेशनमा ड्युटीमा रहेका प्रहरीसमेतलाई गाली गरेको विषयमा प्रहरीले लाठी चार्ज गर्दा उनीहरु घाइते भएका हुन् ।

आइसोलेशन हाताबाट बाहिर निस्केका सात जनालाई सम्झाउँदा पनि नमानेपछि लाठी चार्ज गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यले बताउनुभयो ।

घाइतेहरुलाई सरस्वती मावि तर्ताङ्गको आइसोलेशनमा राखेर उपचार सुरु गरिएको छ । नारायण नगरपालिका ६ का २१ वर्षीय युवकले आफ्नाे टाउकोमा सात वटा टाँका लगाइएकाे उज्यालाेलाई बताएका छन् । त्यस्तै अन्य घाइतेहरुले आफूहरुलाई दुखाइ कम हुने औषधि दिइएको बताएका छन् । सरस्वती मावि तर्ताङ्गको आइसोलेशनको ड्युटी तोकिएका डाक्टरको टोलीले घाइतेहरुकाे उपचार गरेको हो ।

5220
Shares

ट्रेन्डिङ