सबैको समाचार
मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • प’हिरोले पु’रिएर तीनको मृ’त्यु, छ बे’पत्ता

प’हिरोले पु’रिएर तीनको मृ’त्यु, छ बे’पत्ता

5635
Shares
प’हिरोले पु’रिएर तीनको मृ’त्यु, छ बे’पत्ता

पर्वत, ३२ जेठ : पर्वतको कुश्मा नगरपापिलका–३ दुर्लुङको ढकालबारी भन्ने ठाउँमा शनिबार साँझ परेको भीषण वर्षासँगै बस्ती माथिबाट आएको प’हिरोले पु’रिएर तीन जनाको मृ’त्यु भएको छ । प’हिरोले पु’रिएर छ बे’पत्ता भएका छन् । शनिबार साँझ करिब दुई घण्टासम्म परेको मुसलधारे वर्षापछि आएको पहिरोमा पुरिएका ५८ वर्षीय तुलबहादुर थापा, उहाँकी श्रीमती मीनकुमारी थापा र नातिनी विविशा थापाको श’व फे’ला परेको हो । थापाको घरमा रहेका अन्य तीन र कमला विकको घरमा रहेका तीन जना बे’पत्ता भएका हुन् । बे’पत्ता हुनेहरुमा सम्राट थापा, दीपा थापा, विवेक थापा, कमला विक, जेनिस विक र प्रमिसा विक छन् ।

उनीहरुको स्काभेटर प्रयोग गरी खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । पहिरो गएलगत्तै नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासी उद्धारमा खटिएका थिए । स्थानीयवासी र सुरक्षाकर्मीले खोजी गर्ने क्रममा तीन जनाको शव फेला परेको जिल्ला प्र’हरी कार्यालय पर्वतका प्रहरी निरीक्षक बुद्धि सुवेदीले जानकारी दिनुभयो ।

राति १ बजेसम्म खोजी गरेपछि वर्षा नरोकिएकाले स’मस्या भएपछि सुरक्षाकर्मी फर्किएका थिए । अहिले बिहानबाट पुनः उद्धारकार्य शुरु भएको कुश्मा–३ का वडाध्यक्ष तेजप्रसाद पाध्याले बताउनुभयो । शनिबार साँझ ६ बजेदेखि झण्डै दुई घण्टा आएको मुसलधारे पानीपछि प’हिरो गएको हो । पहिरोले उनीहरुका घरमा रहेका अन्य पशुचौपायासमेत म’रेका छन् । स्थानीयवासीका अनुसार झण्डै ३०० मिटरभन्दा माथिबाट पहिरो आएको छ । वर्षाकै कारण पहिरो आएको हुनसक्ने स्थानीय प्रमुख गुरुङले जानकारी दिनुभयो ।

5635
Shares

ट्रेन्डिङ