सबैको समाचार
मङ्लबार, असार ३०, २०८३
  • होमपेज
  • एकै दिन एक लाख ८३ हजार काेराेना सङ्क्रमित थपिए

एकै दिन एक लाख ८३ हजार काेराेना सङ्क्रमित थपिए

8020
Shares
एकै दिन एक लाख ८३ हजार काेराेना सङ्क्रमित थपिए

असार ८, काठमाण्डाै – विश्वमा कोरोना सङ्क्रमितको संख्या ९० लाख ४५ हजार नाघेको छ । वर्लडओमिटरका अनुसार सङ्क्रमितको संख्या ९० लाख, ४५ हजार ६ सय ४ छ । पछिल्लो २४ घण्टामा एक लाख ८३ हजार सङ्क्रमित थपिएका छन् । सङ्क्रमितमध्ये सबैभन्दा धेरै अमेरिकामा २३ लाख ५६ हजार ६ सयमा सङ्क्रमण पुष्टि भएको छ । त्यहाँ ४ लाख ७० हजार ६ सयको ज्यान गएको छ ।

सङ्क्रमित धेरै हुने देशको दोस्रो स्थानमा रहेको ब्राजिलमा ५० हजारभन्दा बढी व्यक्तिको ज्यान गएको छ । ब्राजिलमा सङ्क्रमित व्यक्तिको संख्या झण्डै १० लाख ८७ हजार पुगेको छ । सङ्क्रमित र ज्यान गुमाउने व्यक्तिहरूको संख्या बढे पनि ब्राजिलमा राष्ट्रपति जाइर बोल्सोनारूको दबावका कारण ठूला शहरहरू खुल्न थालिसकेका छन् ।

रुसमा ५ लाख ८४ हजार सङ्क्रमित छन् । त्यहाँ ८ हजार १ सयको ज्यान गएको छ । छिमेकी भारतमा झण्डै ४ लाख २७ हजारमा सङ्क्रमण पुष्टि भएको छ । भारतमा १३ हजार ७ सय जनाले ज्यान गुमाएका वर्लडओमिटरले जनाएको छ । विश्वमा कोरोना सङ्क्रमित ९० लाख ४५ हजार मध्ये ४८ लाख ३८ हजार बढी निको भएका छन् ।

8020
Shares

ट्रेन्डिङ