सबैको समाचार
शनिबार, असार २०, २०७७
  • होमपेज
  • डोरीले बाँधेर हत्या गरेको अवस्थामा शिशुको शव फेला

डोरीले बाँधेर हत्या गरेको अवस्थामा शिशुको शव फेला

डोरीले बाँधेर हत्या गरेको अवस्थामा शिशुको शव फेला

डोटी : डोटीको दिपायल सिलगढी नगरपालिका–३ दिपायलमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र नजिकै सेती नदीको किनारमा घाँटीमा डोरीले बाँधिएको अवस्थामा एक शिशुको शव भेटिएको छ । इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक रमेश शाहीले सालनाल सँगै भएको अवस्थामा शिशुको शव भेटिएको बताउनुभयो ।

‘घाँटीमा डोरीले बाँधेर हत्या गरेको अवस्थामा छोरी मान्छेको शव भेटिएको हो, कसले र किन हत्या गरे अनुसन्धान भइरहेको छ’ उहाँले भन्नुभयो । शिशु जन्मेको कम्तिमा पनि २२ देखि २५ घण्टा मात्र भएको हुनसक्ने अनुसन्धानमा संलग्न प्रहरीले जनाएका छन् । बेवारिसे अवस्थामा भेटिएको शिशुको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल डोटीमा राखिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका