सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • जापानबाट सुबास लामीछानेको गुनासो

जापानबाट सुबास लामीछानेको गुनासो

13115
Shares
जापानबाट सुबास लामीछानेको गुनासो

असार १६, काठमाडौं / आफुलाइ चलचित्र क्षेत्रकै मानिसहरु बाट समस्या पर्ने गरेको भन्दै नायीका साम्राज्ञि राज्य लक्ष्मि शाहले आफ्ना अभिव्यक्ति दिदा यतिखेर नेपाली चलचित्र क्षेत्रमा हलचल मच्चियको छ । उनको यो भनाइ अभिनेता भुवन केसि लक्षित थियो र हाल भुवन र साम्राज्ञिबिच आरोप प्रत्यारोप समेत चलीरहेको छ । हुन त नाताबाद र कृपाबादले गर्दा सहि ब्यक्ति अगाडि आउन सकिरहेको छैन भन्ने कुराले पनि राम्रै स्थान पाइरहेको छ ।

यी सब बिच यतिखेर निर्माता समेत रहेका जापान निवासी सुबास लामीछानेले आफुलाई चलचित्रमा लागानि गराउन लगायर फसाइयको कुरा आफ्नो फेसबुक स्टाटस मार्फत पोखेका छन् । सुबासले सुनिल रावलको चलचित्र सायद २ मा लगानि गरेका थिए भने सुनिलकै आर्को चलचित्र लाउरेमा पनि उनको लगानी रहेको थियो । लाउरे बनाउदा बनाउदै सुनिल सपरिवार अमेरिका गयका थिए । सुबासको स्टाटसमा सुनिल प्रतीको आक्रोश प्रस्टै झलकिन्छ।सुबासले जापनमा नेपाली चलचित्रहरुको प्रदर्शन समेत गर्दै आयका थिए ।

जस्ले गर्दा नेपाली चलचित्रकर्मी सङ उनको चिन्जान बढन थाल्यो । त्यसरी नै उनले चलचित्रमा लगानी गरेका हुन् रे । तर आज सम्म एक पैसाको हिसाब नपायको र पायपनि पारदर्शी नभयको उनको गुनासो छ । उनी जस्ता थुप्रै ब्यक्तिहरु यसरि फसेका छन् र उनिहरुको बारेमा चलचित्र क्षेत्रका संघ संस्थाले कोहि कसैलाई केही नगरेको समेत उनको आरोप छ ।

13115
Shares

ट्रेन्डिङ