सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काभ्रेमा ६ जना कोरोना संक्रमित थपिए

काभ्रेमा ६ जना कोरोना संक्रमित थपिए

10310
Shares
काभ्रेमा ६ जना कोरोना संक्रमित थपिए

काभ्रे, २६ असारः काभ्रेमा ६ जना कोरोना संक्रमित थपिएका छन् । काठमाण्डौमा गरिएको स्वाब परीक्षणमा आज जिल्लाका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो ।

जिल्लाको तेमाल गाउँपालिका वडा नम्बर ८ का ४० बर्षीय एक जना पुरुष, पनौती नगरपालिका वडा नम्बर ९ का २६ बर्षीय एक पुरुष, बनेपा नगरपालिकाका २४ बर्षीय एक पुरुष, बनेपा नगरपालिका वडा नम्बर १३ का ३० बर्षीय एक जना पुरुष, पनौती नगरपालिका वडा नम्बर २ का ४९ बर्षीय एक महिला र काभ्रे ठेगाना भएपनि स्थानीय नखुलेको २३ बर्षीय महिला संक्रमित भएका छन् ।

यो सँगै जिल्लाामा संक्रमितको संख्या २० पुगेको छ । त्यसमध्ये ७ जना उपचार पछि निको भएर घर फर्किसकेका छन् । जिल्लाको १३ स्थानीय तह मध्ये धुलिखेल , तेमाल, रोशी र बेथानचोक गाउँपालिका तथा बनेपा र पनौती नगरपालिकामा संक्रमण देखिएको छ ।

10310
Shares

ट्रेन्डिङ