सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • काभ्रेमा तत्काल सार्वजनिक यातायात नचल्ने

काभ्रेमा तत्काल सार्वजनिक यातायात नचल्ने

8545
Shares
काभ्रेमा तत्काल सार्वजनिक यातायात नचल्ने

काभ्रे, २६ असारः काभ्रेका यातायात ब्यवसायीहरुले जिल्लामा तत्काल सार्वजनिक यातायात चलाउन नसकिने बताएका छन् । अहिलेकै अवस्थामा सार्वजनिक यातायातका साधन चलाउन नसकिने काभ्रे बस व्यवसायी संघका अध्यक्ष वर्ण शाक्यले जानकारी दिनुभयो ।

सरकारले सार्वजनिक यातायात चल्न दिने निर्णय गरे पनि ब्यवसायीहरुले भने आज अरनिको र बीपी राजमार्गमा कुनै पनि सार्वजनिक सवारी साधन चलाएका छैनन् । जिल्लामा कोरोनाको त्रास कायमै रहेको र बस लामो समयदेखि ग्यारेजमा थन्किएकाले तत्कालै गुडाउन नसक्ने अध्यक्ष शाक्यले बताउनुभयो ।

ब्यवसायीहरुले आधा भन्दा धेरै बसकोविमा अबधी पनि सक्किएकोजनाएका छन् । सरकारले आज देखि स्वास्थ्यका मापदण्ड पूरा गरेर छोटो दुरीका सार्वजनिक सवारी साधन चल्ने दिने निर्णय गरेको थियो ।

8545
Shares

ट्रेन्डिङ