सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • केयुमा नेविसंघको रिले अनसन , माग पूरा नभए अनसन नतोड्ने

केयुमा नेविसंघको रिले अनसन , माग पूरा नभए अनसन नतोड्ने

690
Shares
केयुमा नेविसंघको रिले अनसन , माग पूरा नभए अनसन नतोड्ने

काभ्रे :- केयुमा नेविसघको रिले अनशन सुरु गरेका छन । नेपाल विद्यार्थी संघ काठमाण्डौ विश्वविद्यालय कार्यसमितिले काठमाडौं विश्वविद्यालयमा भएका अनियमित एवम् अमर्यादित कार्यको विरुद्ध लामो समयदेखी विज्ञप्तिमार्फत ध्यानाकर्षण गराउदै आए तापनि विश्वविद्यालय प्रशासनले कुनै किसिमको समाधान गर्ने बाटो नखोजेकोले नेविसंघले रिले अनसन सुरु गरेको जनाएको छ ।

लामो समय सम्मको छलफल र सहमतिको बाबजुत समस्या समाधानको प्रक्रियालाई प्राथमिकतामा नराखी मनोमानी ढङ्गले विश्वविद्यालयका सम्बेदनशील अङ्गहरु चलेको हुनाले रिले अनसन सुरु गरिएको नेविसंघ नेताको आरोप छ ।

काठमाडौं विश्वविद्यालयमा भएका चरम लापरवाहीको विरुद्ध नेपाल विद्यार्थी संघ विश्वविद्यालय तथा विद्यार्थीहरुको हितका लागी विभिन्न समस्या तथा मुद्धाहरु लिएर प्रशासन समक्ष उपस्थित हुदाँ बेमतलबी तथा आफुखुसी मात्र प्रशासन सञ्चालनमा लेराउन खोजेको कदमप्रती विरोध जनाउँदै र्याली निकालेर अनसन सुरु गरीएको विद्यार्थी संघका अध्यक्ष गणेश थापाले जानकारी दिए।

नेपाल विद्यार्थी संघ काठमाण्डौ विश्वविद्यालय कार्यसमितिका सचिव सुघोष ढुङ्गेल, सचिव प्रशान्त कडेल, नेविसंघले काभ्रे जिल्ला उपाध्यक्ष सौरभ थापा, नेविसंघ काठमाण्डौ विश्वविद्यालय स्कूल अफ ईन्जिनियरिङ्का अध्यक्ष नोएल भट्टराई लगायतका विद्यार्थी नेताहरुको अगुवाइमा रिले अनसन सुरु गरिएको हो।

समाधान को बाटो मात्र नभएर समाधान नै नगरी रिले अनसन नतोड्ने विधार्थी सघको भनाई राख्दै आएका छन । अनसन कर्ताले विभिन्न्न ४ मागहरु समेत राखेका छन ।

690
Shares

ट्रेन्डिङ