सबैको समाचार
शुक्रबार, भदौ २६, २०८३
  • होमपेज
  • फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

6850
Shares
फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

काठमाडौँ, २६ असार : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ।निगमले सूचना जारी गर्दै पेट्रोल प्रतिलिटर १ रुपैयाँ, डिजेल र मट्टितेलमा पनि प्रतिलिटर १ रुपैयाँले बढाएको हो।

निगमले बढाएको मूल्यपछि अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १०२ रुपैयाँ पर्नेछ। त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ८८ रुपैयाँ पर्नेछ।बढेको मूल्य आज राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ। खाना पकाउने ग्यास तथा हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ।

भारतबाट मूल्य बढेर आएकाले नेपालमा पनि समायोजन गरिएको निगमले जनाएको छ।निगमका अनुसार भारतीय आयल कर्पोरेसनबाट जुलाई १ मा आएको सूचीअनुसार पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ ६५ पैसा, डिजेलमा ३ रुपैयाँ ८२ पैसा र मट्टितेल १४ रुपैयाँ २५ पैसा बढेर आएको छ। त्यस्तै खाना पकाउने ग्यासमा ६ रुपैयाँ ७७ पैसा बढेर आएको निगमले जनाएको छ।

6850
Shares

ट्रेन्डिङ