सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बलिवुडका बाबुछोरा अमिताभ र अभिशेकलाई कोरोना संक्रमण

बलिवुडका बाबुछोरा अमिताभ र अभिशेकलाई कोरोना संक्रमण

5530
Shares
बलिवुडका बाबुछोरा अमिताभ र अभिशेकलाई कोरोना संक्रमण

मुम्बइ : हिन्दी चलचित्रका अभिनेता अमिताभ र उनका छोरा अभिशेक बच्चनमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । शनिबार अभिशेकले ट्वीट गर्दै आफू र आफ्ना बुवालाई कोभिड–१९ संक्रमण भएको जानकारी गराएका हुन् ।

‘आज सबेरै दुबै बुवा र मलाई कोभिड–१९ परीक्षण पोजिटिभ देखिएको छ’, उनले भनेका छन्, ‘यो अवस्थामा धैर्य गर्न र चिन्ता नलिन सबैमा अनुरोध गर्दछु ।’

संक्रमण पुष्टि भएसँगै दुबैलाई अस्पताल भर्ना गरिएको छ । यस्तै अहिले परिवारका सबै सदस्यको कोरोना परीक्षण भइरहेको छ । यसअघि अमिताभले आफूलाई कोरोना संक्रमण भएको ट्वीट गरेका थिए । उनले परिवारका अन्य सदस्यको नतिजा आउने क्रम रहेको जानकारी गराएका थिए ।

5530
Shares

ट्रेन्डिङ