सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • ग्रेस एफएम बाह्रौँ वर्षमा प्रवेश, एक समारोहकाबिच वार्षिकोत्सव सम्पन्न

ग्रेस एफएम बाह्रौँ वर्षमा प्रवेश, एक समारोहकाबिच वार्षिकोत्सव सम्पन्न

9745
Shares
ग्रेस एफएम बाह्रौँ वर्षमा प्रवेश, एक समारोहकाबिच वार्षिकोत्सव सम्पन्न

भक्तपुर , ८ साउन । भक्तपुरको भुलाँचास्थित ग्रेस एफएम १०७.६ मेगाहर्जले आफ्नो स्थापनाकालको एघार वर्ष पूरा गरेको छ । समता, सृजना र शान्ति रेडियोको समावेशी आवाजू भन्ने नाराका साथ गाउँ घरको आवाज लिएर ग्रेस एफएम १०७.६ मेगाहर्जले आज आफ्नो स्थापनाकालको एघार वर्ष पूरा गरेको हो ।

नयाँ जोश, नयाँ जाँगरका साथ समाजमा रहेका विसंगति र विकृतिलाई निर्मूल पार्ने उद्धेश्यले स्थापना भएको ग्रेस एफ एम १०७.६ मेगाहर्जले हरेक दिन विहान ५ः०० देखि राति ११ः०० बजेसम्म समाजको पहरेदारको कार्य गर्दै आईरहेको छ । भक्तपुर जिल्लाको सूर्यविनायक स्थित ग्रेस एफएम प्रत्येक घण्टा समाचारको साथमा दैनिक १८ घण्टा सुचनामुलक, मनोरन्जनामक, खोजमुलक, शैक्षिक र सामाजिक बिकासका निम्ति गुणस्तरीय कार्यक्रमहरू प्रसारण गरिरहेको रेडियोले गाउँ, शहर लगायत समाजको प्रत्येक्ष कुनाकन्दरामा आफ्नो प्रसारण मार्फत स्रोता अनि सरोकारवालाहरू समक्ष प्रत्यक्ष (अप्रत्यक्ष रुपमा पुगीरहेको छ । सोही अवसरमा ग्रेस एफएमले आज एक समारोह आयोजना गरी वार्षिक उत्सव मनाएको छ

कार्यक्रममा बोल्दै सामुदायिक समाचार समीतीका महासचिव श्रीराम खैजुले ग्रेस एफएमका कार्यक्रम गुणस्तरीय रहेको बताउनुभएको छ । एघार वर्ष पूरा गरी बाह्रौ वर्षमा प्रवेश गरेको उपलक्षमा शुभकामना दिँदै उहाँले रेडियोले आधुनिकतासंग जोडिएर काम गर्नुु पर्ने र समयको मागलाई परिपुर्ति गर्नुपर्नेमा जोड दिनुभयो । र, ग्रेस एफएम सो उद्देश्यमा सफल रहेकामा खुशी व्यक्त गर्नुभएको थियो ।

त्यस्तै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई भक्तपुरका वरिष्ठ कृषि अधिकृत टीकाराम शर्माले रेडियोसंग सहकार्य गरेर अगाडी बढेको र आगामी दिनमा पनि सहकार्य गर्ने बताउनुभयो । उहाँले कृषि सम्बन्धी सम्पूर्ण जानकारी रेडियो मार्फत किसानमाझ पु¥याउन सहयोग गरेको भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले रेडियोको प्रगति र सफलतामा आपूm सहभागी हुन पाउँदा आनन्द महसुस भएको बताउँदै आगामी दिनमा रेडियोको सफलताको कामना समेत गर्नुभयो ।

त्यसैगरी कार्यक्रका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले रेडियोले शताब्दी वर्ष पार गरी संचार क्षेत्रमा नयाँ परिवर्तन ल्याउन सकोस् भन्दै प्रगतीको कमना गर्नुभयो । उहाँले संचारकर्मीहरु अझ सक्रिय भएर लाग्नुपर्नेमा जोड दिनुभयो । आवाज विहिनहरुको आवाज रेडियोले बोल्नुपर्ने र स्वच्छ तरिकाले प्रतिस्पर्धात्मक रुपमा अघि बढ्नुपर्ने पनि अध्यक्ष बुढाथोकीले बताउनुभयो । केन्द्र, प्रदेश, र स्थानीय सरकारले संचारक्षेत्रको अभिभावकत्व लिनुपर्ने उहाँको भनाई छ ।

यस्तै कार्यक्रम सञ्चालक एवम् ग्रेस एफएमका कार्यक्रम निर्देशक रामगोपाल आशुतोषले रेडियो क्षेत्रका विविध चुनौतिका क्षेत्रमा बोल्दै आमसञ्चारले राष्ट्रमा व्याप्त बेरोजगारी समस्यालाई केही हदसम्म घटाउने भन्दै श्रमजीवि पत्रकार एवम् सञ्चारकर्मीहरूको जीवनयापनका लागि रेडियोले वृद्धि र विकासका लागि आवश्यक नीति तथा कार्यक्रम ल्याउनुपर्ने विचार राख्नुभयो ।

संस्थापक एवम् स्टेशन म्यानेजर केशव लुइँटेलले रेडियो स्थापनाकालदेखि सामना गरिरहेको विविध समस्या र चुनौतीका बारेमा रेडियो प्रस्तोता एवम् कर्मचारीलाई अवगत गराउनुभयो । उहाँले निष्पक्ष सकरात्म र सत्य कुरालाई औल्याएर अघि बढ्ने बताउनुभयो । उहाँले नेपालमा पीत पत्रकारीता मौलाएको भन्दै दुख व्यक्त गर्नुभयो । स्वच्छ पत्रकारीता नै पत्रकारको धर्म भएको उहाँको भनाई छ । आएका चुनौतीहरूलाई सामना गर्दै रेडियोलाई यो अवस्थासम्म ल्याइपुर्याउने सबैलाई धन्यवाद दिनुभएको थियो ।

9745
Shares

ट्रेन्डिङ