सबैको समाचार
आइतवार, साउन ४, २०८२
  • होमपेज
  • दुम्सी खोज्न दुलोमा पस्दा ढुङ्गाले च्यापिएर एक ज्यान गयाे

दुम्सी खोज्न दुलोमा पस्दा ढुङ्गाले च्यापिएर एक ज्यान गयाे

4450
Shares
दुम्सी खोज्न दुलोमा पस्दा ढुङ्गाले च्यापिएर एक ज्यान गयाे

शुक्रबार, साउन ९ , दैलेख / दुम्सी खोज्न दुलोमा पसेको बेला ढुङ्गाले च्यापिएर दैलेखमा एक जना व्यक्तिकाे ज्यान गएको छ । नारायण नगरपालिका ११ विन्ध्यवासिनीका ३२ वर्षीय रेशमबहादुर विष्टकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय दैलेखका इन्चार्ज प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर ओलीले जानकारी दिनुभयो ।

विन्ध्यवासिनीको जुफिया चौवारी भन्ने ठाउँमा दुम्सी लुक्ने दुलोभित्र पसेको बेला माथिबाट खसेकाे ढुङ्गाले च्यापिएर उहाँकाे घटनास्थलमै ज्यान गएकाे हो । दुलोभित्र गइसकेपछि माथिबाट माटो खस्न थालेपछि दुलोमा पसेका अर्का खड्कबहादुर विष्टले भने बाहिर निस्किएर ज्यान जाेगाएकाे प्रहरीले जनाएकाे छ ।

दुलोभित्रै च्यापिएको डेढ घण्टापछि स्थानीय र लोहोरे प्रहरी चौकीका सुरक्षाकर्मीले मृतकको शव बाहिर निकालेका थिए । मृतकको शव पोस्टमार्टमकाे लागि दैलेख जिल्ला अस्पताल पठाइएकाे छ ।

मृतक रेशमबहादुर विष्ट नौमूले गाउँपालिका ७ काे पैतीमा रहेकाे नेपाल राष्ट्रिय माध्यमिक विद्यालय डाँडागाउँमा प्राथमिक तहको स्थायी शिक्षकको रुपमा अध्यापन गर्दै आउनुभएकाे थियाे । उहाँकाे श्रीमती र चार सन्तान छन् ।

4450
Shares

ट्रेन्डिङ