सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काभ्रे भुम्लुका एकजना पुरुषमा कोरोना संक्रमण

काभ्रे भुम्लुका एकजना पुरुषमा कोरोना संक्रमण

5190
Shares
काभ्रे भुम्लुका एकजना पुरुषमा कोरोना संक्रमण

काभ्रे : काभ्रेको भुम्लु गाउँपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पालिकाको वडा नम्बर ८ का ३२ बर्षीया पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य संयोजक सुदर्शन भट्टराईले जानकारी दिनुभयो ।

संक्रमित ती पुरुषलाई धुलिखेल अस्पताल ल्याउने तयारी भइरहेको छ । संक्रमित पुरुष साउदीबाट आइपुग्नुभएको हो । साउन ३ गतेदेखि पालिकाको क्वारेन्टाइनमा बस्दै आइरहनुभएको थियो । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या २७ पुगेको छ ।

त्यसमध्ये २५ जना उपचारपछि निको भएर घर फर्किएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले बताउनुभयो । अन्य दुई जनाको भने आइसोलसनमा राखेर उपचार भइरहेको छ ।

धुलिखेल अस्पतालमा काभ्रे जिल्लाका १३ वाटै स्थानीय तहका गरी हालसम्म ८ हजार ९ सय ५३ जनाको स्वाब संकलन गरी कोरोना परीक्षण गरिएको छ । जेठ २३ गतेदेखि यता हालसम्म भारत बाहेकका तेस्रो मुकुलबाट जिल्लाका ३ सय २९ जना आइपुगेका छन् ।

5190
Shares

ट्रेन्डिङ