सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • काभ्रेको खानीखोलाबाट झाडापखालाका बिरामीको हेलिकप्टर मार्फत उद्दार

काभ्रेको खानीखोलाबाट झाडापखालाका बिरामीको हेलिकप्टर मार्फत उद्दार

4700
Shares
काभ्रेको खानीखोलाबाट झाडापखालाका बिरामीको हेलिकप्टर मार्फत उद्दार

काभ्रे, १३ साउनः काभ्रेको विकट खानीखोला गाउँपालिकामा झाडापखाला बिरामीको हेलिकप्टर मार्फत उद्दार गरिएको छ । पालिकाको वडा नम्बर ६ सतभैयाका रन्जिता थोकरलाई हेलिकप्टर मार्फत उद्दार गरिएको गाउँपालिकाका प्रवक्ता मान बहादुर गोलेले जानकारी दिनुभयो ।

थोकर ३ दिन देखि झाडापखालाका कारण हाल बेहोस अवस्थामा रहेको र स्थानीय स्वास्थ्य चौकीमा उपचार सम्भब नभएपछि उपचारको लागि काठमाडौ ल्याइएको हो ।

गाउँ जाने सबै सडक मार्ग बर्षासँगै अवरुद्ध भएपछि जिल्लाको विकट क्षेत्रका बिरामीको उद्दारमा हेलिकप्टर प्रयोग हुदैँ आएको छ ।हिजो मात्रै खानीखोला गाउँपालिकाको वडा नम्बर ४ जगथलीकी गर्भवती महिलाको पनि हेलिकप्टर मार्फत उद्दार गरिएको थियो ।

4700
Shares

ट्रेन्डिङ