सबैको समाचार
मङ्लबार, भदौ ९, २०८३
  • होमपेज
  • काभ्रेमा झाडापखलाबाट एक किशोरीको ज्यान गयो

काभ्रेमा झाडापखलाबाट एक किशोरीको ज्यान गयो

7190
Shares
काभ्रेमा झाडापखलाबाट एक किशोरीको ज्यान गयो

काभ्रे, १३ साउनः समयमै उपचार हुन नसक्दा काभ्रेको डाँडापारी क्षेत्रमा पर्ने खानीखोला गाउँपालिकामा आज एक किशोरीको ज्यान गएको छ । ३ दिनदेखि झाडापखलाबाट बिरामी हुनुभएकी वडा नम्बर ६ सतभैयाका रञ्जिता थोकरको ज्यान गएको हो ।

उद्दारका लागि हेलिकप्टर गाउँ पुग्दा नपुग्दै रञ्जिताको मृत्यु भएको वडाध्यक्ष मान बहादुरले जानकारी दिनुभयो । झाडापखलाबाट बिरामी हुनु भएकी १७ बर्षीय रञ्जितालाई गाउँकै स्वास्थ्य संस्थामा उपचारका लागि लगिएको थियो ।

गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खुलालले हेलिकप्टरको पठाइदिन जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएका थिए । लगत्तै प्रशासन कार्यालय गृह मन्त्रालयलाई आग्रह गरेर हेलिकप्टर गाउँ पुगेको थियो । तर हेलिकप्टरले रञ्जितालाई नलिइ फर्किएको हो ।

7190
Shares

ट्रेन्डिङ