सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काभ्रेमा थपिएका कोरोना संक्रमितको आईसुलेसनमा उपाचार हुदै

काभ्रेमा थपिएका कोरोना संक्रमितको आईसुलेसनमा उपाचार हुदै

4495
Shares
काभ्रेमा थपिएका कोरोना संक्रमितको आईसुलेसनमा उपाचार हुदै

काभ्रे : काभ्रेमा थपिएका कोरोना संक्रमितको आईसुलेसनमा उपाचार भईरहकोजिल्ला कामाण्ड पोष्टले जनाएको छ । बनेपा नगरपालिका वडा नम्बर ९ बस्ने ३१ वर्षीया पुरुषको हिजो पिसिआर पोजेटिभ आएको थियो ।

संक्रमित पुरुषको बनेपामा रहको आईसुलेसनमा उपचार भईरहको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो । यो संगै जिल्लामा कोरोना संक्रमितको संङ्ख्या २९ पुगेको छ ।

ति मध्ये २७ जना उपचार पछि निको भएर घर फर्कीसकेका छन् ।यस्तै जिल्लाको विभिन्न क्वारेनटाइनमा आज ५७ जना बसिरहेका छन् । ५५ जना पुरुष र २ जान महिला जिल्लाको विभिन्न क्वारेनटाइनमा रहेका छन् ।सबै भन्दा धेरै पनौतीको क्वारेन्टाईनमा १४ जना रहेका छन् । त्यस्तै बनेपामा ६, धुलिखेलमा ४, पाँचखालमा ४,नमोबुद्ध र मण्डनदेउपुमा २÷२ जना,रोशीमा १२,तेमालमा ७, भुम्लुमा ५, र बेथानचोकमा १जान रहेका छन् ।

यसैबिच जिल्लाका विभिन्न स्थानमा माक्स नलगाई हिड्ने ३ सय ९८ जनालाई प्रहरीले नियन्त्रणमा लिई सम्झाई बुझाई गरि छाडेको छ । २२७ पुरुष र १७१ महिलालाई प्रहरीले सम्झाई बुझाई गरि पठाएको हो । साथै माक्स नलगाई हिड्ने १५ जना पुरुष र १२ जना महिलालाई एक सय रुपैँया जरिवाना समेत गरिएको छ ।

4495
Shares

ट्रेन्डिङ