सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • काठमाण्डाैमा फैलिएकाे काेराेना सङ्क्रमणले डढेलाेकाे रुप लिन सक्छ : मन्त्री ढकाल

काठमाण्डाैमा फैलिएकाे काेराेना सङ्क्रमणले डढेलाेकाे रुप लिन सक्छ : मन्त्री ढकाल

5665
Shares
काठमाण्डाैमा फैलिएकाे काेराेना सङ्क्रमणले डढेलाेकाे रुप लिन सक्छ : मन्त्री ढकाल

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले काठमाण्डौमा फैलिएको कोरोनाकाे सङ्क्रमण रोक्न सरकार नयाँ रणनीति बनाएर अघि बढ्न लागेको बताउनुभएको छ ।

मन्त्री ढकालले भन्नुभयो, ‘बाहिरबाट आउने व्यक्तिको हकमा क्वरेण्टीनमा राख्ने खालको व्यवस्थापनमा हामीले जोड दिनुपर्छ । गाडी चलाउने कुरामा पनि जोर–बिजोर प्रणालीको कुरा गरियो भने त्यसले एक हदसम्म आवश्यकतालाई पनि पूर्ति गर्न सक्छ । अति आवश्यक भएको ठाउँमा हामीले पीसीआर परीक्षणकाे निम्ति स्वाब सङ्कलन गर्ने खालको निकायलाई अझ प्रभावकारी र व्यवस्थित बनाएर तलसम्म जाने खालको कुरा गर्नुपर्छ । काठमाण्डाैमा आगो सल्कियो अथवा डढेलो लाग्यो भने त्यो डढेलो निभाउने कुरा अरु बाहिर गाउँमा अथवा सानो सहरमा भएको भन्दा पनि यो विस्फोटक हुन सक्छ ।’

उहाँले बाहिरी जिल्लाबाट उपत्यकाभित्र आउने व्यक्तिलाई क्वरेण्टीनमा राख्ने, जोर–बिजोर प्रणालीबाट सवारी साधन सञ्चालन गर्न दिने र पीसीआर परीक्षणकाे दायरालाई बढाएर जाने लगायतको काम थालिएको उहाँले बताउनुभयो । काठमाण्डाै उपत्यकामा कुनै पनि बेला भयावह स्थिति आउन सक्ने भएकाले भन्दै सचेत रहन आग्रह गर्नुभयो ।

सरकारले लागू गरेका नियम र मापदण्डलाई पालना नगर्दा फेरि सङ्क्रमणको स्थिति बढ्ने अवस्था देखिएको उहाँले बताउनुभयो । लकडाउन खुकुलो भएपछि मानिसहरुको मुभमेन्ट बढेको र सङ्क्रमण देखिएका ठाउँबाट समेत मानिसहरु काठमाण्डाै आउँदा जोखिम बढेको उहाँकाे भनाइ छ ।

यस्तै सरकारले अहिले सरकारसँग दैनिक १८ हजार पीसीआर परीक्षण गर्ने क्षमता रहेको र कुल ६ लाख जनाको पीसीआर परीक्षण गर्ने लक्ष्यसहित तयारी अवस्थामा रहेको उहाँले बताउनुभयो । पहिलो चरणमा कुल जनसंख्याको दुई प्रतिशतको पीसीआर परीक्षण गर्ने सरकारको तयारी छ ।

5665
Shares

ट्रेन्डिङ