सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • गोकुल बाँस्कोटा पुनः मन्त्री बन्ने !

गोकुल बाँस्कोटा पुनः मन्त्री बन्ने !

16255
Shares
गोकुल बाँस्कोटा पुनः मन्त्री बन्ने !

काभ्रे : पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले आफु पुनः मन्त्री बन्ने दाबी गरेको पाइएको छ । काभ्रे निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित बाँस्कोटाले विवादस्पद अडियो सार्वजनिक भएपछि राजीनामा दिनुभएको थियो । प्रधानमन्त्री केपी शार्मा ओलीले अहिलेसम्म पनि नयाँ सञ्चार तथा सूचना प्रविधि मन्त्री नियुक्ति गर्नुभएको छैन् । विवादस्पद अडियो प्रकरणपछि गुमनाम जस्तै रहनुभएका बाँस्कोटा पछिल्लो समय आफ्नो निर्वाचन क्षेत्रको कार्यक्रममा सहभागि हुन थाल्नुभएको छ ।

यी कार्यक्रममा सहभागि हुदैँ गर्दा बाँस्कोटा आफैले फेरी मन्त्री बन्ने दाबी गरेको उहाँ निकट कार्यकर्ताहरुले बताएका छन् । अदालतबाट सफाई पाउने दाबी सहित बाँस्कोटाले आफु निकटकाहरुसँग छिट्टै पुनः मन्त्री बन्ने बताउने गर्नुभएको हो । पुनः मन्त्री बन्ने दाबी गरेपछि कार्यकर्तामा नयाँ सञ्चार पैदा भएको छ । बाँस्कोटा प्रधानमन्त्री केपी शर्मा ओलीको अत्यन्तै विश्वसिलो पात्र मानिनुहुन्छ । त्यसैले पनि कार्यकर्ताले पुनः मन्त्री बन्ने बाँस्कोटाको भनाईमा आशंका गरेका छैनन् ।

केपी शार्मा ओलीको क्याविनेटमा राज्यमन्त्रीका रुपमा प्रवेश गर्नुभएका बाँस्कोटाले सरकारको प्रवक्ताको समेत जिम्मेवारी सम्हाल्नु भएको थियो । तर ‘सेक्युरिटी प्रिन्टिङ प्रेस’ खरिदका क्रममा ७० करोड रुपैयाँ कमिसनका लागि ‘डिल’ गरिरहेको अडियो सार्वजनिक भएपछि बास्कोटाले मन्त्री पदबाट २०७६ साल फागुन ८ गते राजीनामा दिनुभएको थिए ।

16255
Shares

ट्रेन्डिङ