सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, आज कारोबार कतिमा हुँदैछ ?

सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, आज कारोबार कतिमा हुँदैछ ?

8035
Shares
सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, आज कारोबार कतिमा हुँदैछ ?

काठमाडौं । दैनिक ऐतिहासिक रेकर्ड कायम गर्दै सुनको मूल्य विहीबार(आज) पुनः उकालो लागेको छ ।अन्तर्राष्ट्रिय बजार पच्छयाउँदै विहीबार सुनको मूल्य तोलामै ११ सयले बढेर १ लाख २ हजार ५ सय रुपैयाँ पुगेको छ ।आज छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार ५ सय तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हाल सम्मकै उच्च मुल्य हो ।

आजै तेजाबी सुनको मूल्य तोलामा १ लाख २ हजार पुगेको महासंघले जनाएको छ । आजै चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढेको छ ।चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेर १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

हिजो चाँदी १२ सय ९५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको थियो । अन्तर्राष्ट्रिय बजारमा यतिबेला सुन प्रतिऔन्स २ हजार ६४ डलर हाराहारीमा कारोबार भइरहेको छ ।

8035
Shares

ट्रेन्डिङ