सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • फेसबुकले हटायो अमेरिकी राष्ट्रपति ट्रम्पको स्टाटस

फेसबुकले हटायो अमेरिकी राष्ट्रपति ट्रम्पको स्टाटस

6140
Shares
फेसबुकले हटायो अमेरिकी राष्ट्रपति ट्रम्पको स्टाटस

काठमाण्डौ : सामाजिक सञ्जाल फेसबुकले, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कोरोना भाइरस सम्बन्धी पछिल्लो पोष्ट हटाएको छ ।
कोरोना भाइरसबारे ट्रम्पले गरेको पोष्टलाई फेसबुकले पहिलो पटक हटाएको हो । अमेरिकी राष्ट्रपति ट्रम्पले गलत सूचना सेयर गरेकाले त्यसलाई हटाएको फेसबुकले जनाएको छ ।

ट्रम्पले, फक्स न्यूजलाई दिएको अन्तर्वार्ताको अंश फेसबुक पेजमा पोस्ट गर्नुभएको थियो । अन्तर्वार्तामा उहाँले बालबालिकामा कोरोना भाइरसविरुद्ध लड्ने प्रतिरोधात्मक क्षमता रहेकाले सबै विद्यालय खोल्ने समय आएको बताउनुभएको थियो । ट्रम्पको यो दाबी, स्वास्थ्य विज्ञको भनाइ र प्रमाणित तथ्यभन्दा विपरीत भएको भन्दै फेसबुकले उहाँको पोष्ट हटाएको हो ।

6140
Shares

ट्रेन्डिङ