सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काभ्रेको भुम्लु गाउँपालिकामा भ्र’ष्टचार, उपाध्यक्ष श्रेष्ठद्वारा सनसनीपूर्ण खुलसा (भिडियो सहित)

काभ्रेको भुम्लु गाउँपालिकामा भ्र’ष्टचार, उपाध्यक्ष श्रेष्ठद्वारा सनसनीपूर्ण खुलसा (भिडियो सहित)

24175
Shares

धुलिखेल, २२ साउन, काभ्रेको कोशीपारी क्षेत्रमा भुम्लु गाउँपालिकामा भ्र’ष्टचार मौलाइरहेको तथ्य बाहिरीएको छ । उपाध्यक्ष कल्पना श्रेष्ठले नै पालिकाभित्र भ्र’ष्टचार भएको दाबी गर्नुभएको हो । धुलिखेलको एक होटलमा सीमित पत्रकारहरुलाई भेला गरेर उहाँले गाउँपालिकाभित्र भ्र’ष्टचार मौलारहेको र आफु भ्र’ष्टचार वि’रुद्धको अभियानमा लागेको दाबी समेत गर्नुभयो ।

उपाध्यक्ष श्रेष्ठले चालु आर्थिक वर्षका लागि ल्याइएको नीति, कार्यक्रम तथा बजेट समेत नीतिगत ढंगले नआएको बताउनुभयो । उहाँले केहि कर्मचारीको उक्साहटमा अध्यक्षले विधि र विधान मिचेको औल्याउनुभयो ।

नीतिगत र ब्यवस्थापित ढंगले काम गर्न समेत पालिका अध्यक्ष गुमानध्वज कुँवर चुकेको उपाध्यक्ष श्रेष्ठले दाबी गर्नुभयो । उपाध्यक्ष श्रेष्ठले पालिका अध्यक्षलाई बाहिरी केहि मानिसहरुले परिचालन गरेको समेत आरोप लगाउनुभयो । पालिकाभित्र भ्र’ष्टचारमा करारमा खटिएका प्राविधिकहरु लागिपरेको बताउनुभयो ।

24175
Shares

ट्रेन्डिङ