सबैको समाचार
मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • ग्रेस एफ.एमद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न, ४१ जनाले गरे रक्तदान

ग्रेस एफ.एमद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न, ४१ जनाले गरे रक्तदान

6175
Shares
ग्रेस एफ.एमद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न, ४१ जनाले गरे रक्तदान

भक्तपुर । सामुदायिक रेडियो ग्रेस एफ.एम १०७ दशमलव ६ मेगाहर्ज र सामुदायिक समाचार समितिकोे आयोजनामा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी, सामुदायिक स्वास्थ्य केन्द्र सूर्यविननायक सँगको सहकार्य र शान्ती फुड इन्ड्रष्टिज संगै आर.के मोवाइलको सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस कोरोनाले निम्त्याएको विषम परिस्थितीलाई मध्यनजर गर्दै सामुदायिक एफ.एम ले भक्तपुरको सूुर्यविनायकमा रक्तदान कार्यक्रम आयोजना गरेको सामुदायिक समाचार समितिका अध्यक्ष एवम ग्रेस एफ.एम का स्टेशन म्यानेजर केशव लुँईटेलले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा ४१ जनाले रक्तदान गर्नुभएको सामुदायिक समाचार समितिका सदस्य रमेश खायजुले सासस लाइ जनाकारी दिनुभयो । बिहान ८ बजेबाट सुरु भएको कायक्रम मध्यान्न १२ बजे सम्पन्न भएकोे सामुदायिक समाचार समितिका महासचिव श्रीराम खायजुुले जानकारी दिनुभयो ।

भक्तपुरको सूुर्यविनायकमा मुख्य कार्यालय रहेको सामुदायक सामाचार समितिले देशका विभिन्न स्थानमा रहेका २५ भन्दा बढी रेडियो बाट आफ्ना समचार प्रसारण गरिरहेको छ ।

6175
Shares

ट्रेन्डिङ