सबैको समाचार
मङ्लबार, साउन १२, २०८३
  • होमपेज
  • नक्कली नोटसहित रामेछाप र सिन्धुपाल्चोकका पाँच जना पक्राउ

नक्कली नोटसहित रामेछाप र सिन्धुपाल्चोकका पाँच जना पक्राउ

7405
Shares
नक्कली नोटसहित रामेछाप र सिन्धुपाल्चोकका पाँच जना पक्राउ

 

नक्कली नोटसहित नेपाल प्र ह रीले पाँचजनालाई प क्रा उ गरेको छ । महानगरीय प्र ह री वृत्त बौद्धको टोलीले बूढानीलकण्ठ नगरपालिका–११ कपनस्थित समरोज थापामगरको कोठामा नक्कली पैसा छाप्नका लागि रङ्गीन प्रिन्ट गरिरहेको अवस्थामा पाँचजनालाई बुधबार साँझ प क्रा उ गरेको हो ।

उनीहरको साथबाट ६५ हजार ३३५ नक्कली नोट बरामद गरिएको छ । प क्रा उ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८ की ५६ वर्षीया गोमा श्रेष्ठ, सोही ठाउँकी ४१ वर्षीया पुष्पा थापामगर, रामेछापका २६ वर्षीय समरोज थापामगर, सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–२ का १९ वर्षीय चिरञ्जीवी जोती र सोही ठाउँका २३ वर्षीय सुजन जोती रहेका छन् ।

महानगरीय प्र ह री परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले गोकर्णेश्वर नगरपालिका–७ दक्षिणढोकामा नक्कली पैसा लिएर सामान खरिद गर्दै हिँडिरहेको अवस्थामा गोमा श्रेष्ठलाई शङ्कास्पद अवस्थामा फेला पारेर खानतलासी गर्दा नक्कली नोटसहित प क्रा उ गरिएको जानकारी दिनुभयो ।

प्र ह रीले प क्रा उ परेकासँग सक्कलीजस्तो देखिने नक्कली नोट रु ६५ हजार ३३५, नक्कली नोट बनाउन प्रयोग गरिने प्रिन्टर मेसिन, कागज, कागज टाँस्न प्रयोग गरिने फेविकल दुई थान, किप्याड मोबाइल एक थान, स्क्रिनटज मोबाइल एक थान, लालीगुँरास छाप भएको छाप एक थान, कागज काट्न प्रयोग गरिने कैँची एक थान बरामद गरेको छ ।

7405
Shares

ट्रेन्डिङ