सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • नेपालमा कोरोना संक्रमणबाट थप चार जनाको मृ’त्यु

नेपालमा कोरोना संक्रमणबाट थप चार जनाको मृ’त्यु

4150
Shares
नेपालमा कोरोना संक्रमणबाट थप चार जनाको मृ’त्यु

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप चार जनाको मृ’त्यु भएको छ । गएराति ललितपूर, सप्तरी, सुनसरी र रुपन्देही जिल्लामा एक एक जनाको मृत्यु भएपछि नेपालमा कोरोनाबाट ज्या’न गुमाउनेको संख्या ८७ पुगेको छ ।

ललितपुरको पाटन अस्पतालमा उपचाररत एक जना कोरोना भाइरस संक्रमितको मृ’त्यु भएको छ । मृ’तक जनकपुरकी २८ वर्षीया महिला हुन् । यही साउन १८ गते उनी पाटन अस्पतालमा भर्ना भएकी थिइन् । स्वास्थ्य कार्यालय ललितपुरले उनको मृ’त्यु बुधबार भएको पुष्टि गरेको छ ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नंबर ८ घर भई राजविराज बस्दै आएका ७५ वर्षिय बृद्धको गएराति मृ’त्यु भएको हो । चार दिनदेखि ज्वरो आएपछि कोरोना परीक्षण गर्दा उनको रीपोर्ट पोजेटीभ आएको थियो ।

संक्रमण पुष्टी भएपछि शाहि कृष्ण अस्पतालको आईसोलेसनमा लैजाने क्रममा उनको एम्बुलेन्समै मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
मृतकलाई यसअघि मुटु सम्बन्धी रोग सहित थाईराड, सुगर र उच्च रक्तचाप थियो । यो संगै सप्तरी जिल्लामा कोरोना संक्रमणका कारण मृ’त्यु हुनेको संखया ३ पुगेको छ ।

उता, सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज थप एक जना कोरोना संक्रमितको मृ’त्यु भएको छ । मोरङको बुढिगंगा गाउँपालिका २ का ५५ बर्षिय पुरुषको उपचारका क्रममा मृ’त्यु भएको इलाका प्र’हरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

यसैगरी बुटवलमा पनि गएराति एक संक्रमितको मृ’त्यु भएको छ । बुटवल धागो कारखानाको कोरोना विशेष अस्पतालमा उपचाररत कपिलवस्तुमा ४२ बर्षीय पुरुषको मृ’त्यु भएको हो । गत आइतवार अस्पताल भर्ना गरिएका उनलाई सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । बुटवलमै गएराति मृ’त्यु भएका अर्का एक युवकको भने कोरोना परिक्षणको रिपोर्ट आउन बाँकी छ ।

4150
Shares

ट्रेन्डिङ