सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • पूर्व मन्त्री बास्कोटाले गरे ‘पुन्यमाता करिडोर’ शिलान्यास

पूर्व मन्त्री बास्कोटाले गरे ‘पुन्यमाता करिडोर’ शिलान्यास

5580
Shares
पूर्व मन्त्री बास्कोटाले गरे ‘पुन्यमाता करिडोर’ शिलान्यास

काभ्रे : काभ्रेको तीन वटा नगरपालिका भएर बग्ने पुन्यमाता खोलामा सडक निर्माणको काम सुरु हुने भएको छ । ‘पन्यमाता करिडोर’ को आज पूर्व सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले शिलान्यास गर्नुभएको हो । शहरी विकास तथा भवन निर्माण विभागको आर्थिक सहयोगमा करिडोर निर्माण हुने लागेको हो ।

विभागले यो करिडोरका लागि पहिलो चरणमा १४ करोड, ४७ लाख ५५ हजार रुपैयाँ विनियोजन गरेको छ । पहिलो खण्डमा बनेपाको सेरा करुणामाई देखि सरस्वति दोभान हुदैँ बनेपाको पुलबजारसम्मको सडक स्तरोन्नति हुने छ । त्यस्तै दोस्रो खण्डमा पुलबजार देखि धुलिखेलको खड्पुसम्मको सडक स्तरोन्नति हुने विभागले जनाएको छ ।

अन्तिम खण्डमा खड्पु देखि पनौती त्रिवेणीघाटसम्म पुग्ने सडक स्तरोउन्नति हुने छ । पहिलो खण्डको काम ६ महिनाभित्र सकिने छ । करिडोर शिलान्यास कार्यक्रममा बोल्दै पूर्वमन्त्री बाँस्कोटाले देशमा विकास उल्लेखिय रुपमा भइरहेको बताउनुभयो । उहाँले यो करिडोरले तीन नगरपालिकाभित्रको पारस्पारिक सम्बन्धलाई समेत थप पराकिलो बताउनुभयो ।

5580
Shares

ट्रेन्डिङ