सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • खुशीको खबर : काभ्रेका ६२ जना कोरोना संक्रमित निको भएर घर फर्किए

खुशीको खबर : काभ्रेका ६२ जना कोरोना संक्रमित निको भएर घर फर्किए

6960
Shares
खुशीको खबर : काभ्रेका ६२ जना कोरोना संक्रमित निको भएर घर फर्किए

धुलिखेल, ८ भदौः काभ्रेमा हालसम्म ६२ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । जिल्ला कमाण्ड पोष्टका अनुसार सोमबार साँझसम्म १४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ६२ जना कोरोना भाइरसलाई जितेर घर फर्किएका हुन् ।

काभ्रे जिल्लामा अहिले ८० जना ब्यक्ति विभिन्न अस्पताल तथा हाम आइसोलेसनमा बिसिरहेका छन् । जिल्लामा आइसोलेसन वेडको संख्या १ सय ६ पुगेको छ । सबैभन्दा बढी बनेपा नगरपालिकामा ५६ वेडको आइसोलेसन वेड रहेको छ । धुलिखेलमा ३१, पनौती ६, पाँचखालमा ७ र नमोबुद्ध नगरपालिकामा ६ वेडको आइसोलेसन वेड रहेको छ ।

जिल्लामा ८४५ वेडको क्वारेन्टाइन रहेको छ । हालसम्म ९ सय ४३ जना पुरुष र १ सय ९३ जना क्वारेन्टाइन बसेका छन् । सोमबार पनि जिल्लाको विभिन्न क्वारेन्टाइनमा ३२ जना पुरुष र २ जना महिला बसिरहेका छन् ।

6960
Shares

ट्रेन्डिङ