सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • देबिस्थान युवा क्लबले गर्यो कोरोना संक्रमणको बारेमा जनचेतनामूलक कार्यक्रम

देबिस्थान युवा क्लबले गर्यो कोरोना संक्रमणको बारेमा जनचेतनामूलक कार्यक्रम

7020
Shares
देबिस्थान युवा  क्लबले गर्यो कोरोना संक्रमणको बारेमा जनचेतनामूलक कार्यक्रम

काभ्रे । जिल्लामा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गएपछी देबिस्थान युवा बिकास क्लबले कोरोना संक्रमण (कोभिड-१९) को बारेमा जनचेतनामूलक कार्यक्रम गरेको छ ।

बनेपा हेल्थ केयरको सहकार्यमा देबिस्थान युवा बिकास क्लबले कोरोना संक्रमण (कोभिड-१९) को महामारीको समयमा जनचेतनामूलक पम्प्लेट टास्ने, माइकिङ गरि कोभिड-१९ विरुद्धको सचेतना सन्देश दिने, राजमार्गकाे छेउछाउका १२ स्थानमा माक्स, ह्यान्ड वास, बाल्टिन, सेनिटाइजर आदि सामाग्री बितरण गरेको हो ।साथै छोटो समयमा नै क्लबले बिभिन्न सामाजिक कार्य गरेको र आगामि दिनमा झनै सक्रियताका साथ काम गर्ने क्लबका अध्यक्ष सुमन रानाभाटले बताए ।

उनका अनुसार काभ्रे हेलपाेटमा २०० माक्स, ह्यान्ड वास १ वटा, बाल्टिन १ वटा, सेनिटाइजर १ र थरमगन १ वटा सामाग्री बितरण गरेको हो । कोरोना भाइरसबाट सुरक्षित रहनका लागि माक्सको प्रयोग, साबुन पानीले हात धुनुपर्ने र सामाजिक दुरी कायम गर्नुपर्ने , कसैलाइ पनि सामाजिक बहिष्कारको नगरौ र सकारात्मक सोचको बिकास गरौ आदि सन्देशका साथ आम नगरवासीमा चेतना फैलाउँदै हिंडेका थिए ।साथै क्लबले कोभिड-१९ उद्दार टिम पनि गठन भएको पनि जानकारी उक्त कार्यक्रममा दिइएको थियो ।

उक्त कार्यक्रम धुलिखेल नगरपालिका वडा ९ का वडाअध्यक्ष बसन्त बहादुर रानाभाट, काभ्रे हेल्थपोस्टका प्रमुख बर्मा शाही, समाजसेवी र देबिस्थान युवा क्लबका कार्यसमिति सदस्यहरु लगाएतको उपस्थिति रहेको थियो ।

7020
Shares

ट्रेन्डिङ