सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • घटेन संक्रमणको दर: देशभर थपिए १२ सय २८ संक्रमित

घटेन संक्रमणको दर: देशभर थपिए १२ सय २८ संक्रमित

4580
Shares
घटेन संक्रमणको दर: देशभर थपिए १२ सय २८ संक्रमित

भदौ १८, काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर १२ सय २८ जना कोरोना भाइरसका संक्रमित बढेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्‍वर गौतमले यसबारेमा जानकारी हुन्।

उनले बिहीबार भएको नियमित प्रेस ब्रिफिङका क्रममा संक्रमितको दर नरोकिएको पनि बताए। प्रवक्ता गौतमका अनुसार हालसम्म नेपालमा संक्रिय संक्रमितको संख्या १८ हजार ४१३ छ। पछिल्लो २४ घण्टामा १३ हजार ४१३ को पिसिआर परीक्षण गरिएको छ।

मंगलबार देशभर थप एक हजार ६९ जनामा कोरोना संक्रमण देखिएको थियो भने बुधबार ११ सय २० जना संक्रमित थपिएका थिए। यसरी पछिल्लो तीन दिनको मात्र संक्रमणको दरले पनि नेपालमा कोरोनाको दर नरोकिएको स्पष्ट हुन्छ।

4580
Shares

ट्रेन्डिङ